मुसिकोटका सञ्चारकर्मीमाथि कुटपिट गर्ने युवाले सार्वजनिक रुपमा माफी मागे

मुसिकोटका सञ्चारकर्मीमाथि कुटपिट गर्ने युवाले सार्वजनिक रुपमा माफी मागे

Badigad Online
2 Min Read

गुल्मी । शनिवार मुसिकोट नगरपालिका वडा नं ७ वामी बजारमा सञ्चारकर्मी माथि हातपात गर्ने युवाहरुले सार्वजनिक रुपमा माफि मागेका छन् ।

मुसिकोट नगरपालिका वडा नं २ निवासी जिटिभि नेपाल अनलाईनका सञ्चारकर्मी सुरज नेपाली माथि मुसिकोट ६ भुवाचिदीका केही युवाहरुले कुटपिट गरेका थिए ।

पीडित नेपालीले दिएको किटानी जाहेरीको आधारमा वामी प्रहरी चौकीले कुटपिट घटनामा संलग्न केही युवाहरुलाई आईतबार बिहान नियन्त्रणमा लिएको थियो ।

त्यसपश्चात प्रहरी, स्थानीय जनप्रतिनिधि, पिडित र पिडक पक्ष तथा दुवै पक्षका अभिभावकहरुको उपस्थितिमा सार्वजनिक रुपमा माफी मागी आगामी दिनमा यस्तो गतिबिधि नहोहोराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिटिभि अनलाईनका सञ्चारकर्मीसगं कुनै पनि किसिमको दुश्मनी नरहेको भन्दै उनीहरुले आफुहरुबाट अञ्जानमा गल्ती भएकाले एकपल्टका लागि माफी दिन अनुनय गरेका थिए ।

उक्त घटनामा संलग्न युवाहरुले आफुहरुबाट गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा यस्ता गतिबिधि नगर्ने र कुटपिटबाट घाइते सञ्चारकर्मी नेपालीको स्वास्थ्य उपचार तथा परिक्षण गर्ने लिखित प्रतिबद्धता जनाएपनि उनीहरुलाई जनप्रतिनिधि र अभिभावकको रोहबरमा छोडिएको हो ।

छलफलमा मुसिकोट नगरपालिका वडा नं ६ का वडाध्यक्ष खड्क बहादुर खड्का, वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटा, वडा नं २ का वडाध्यक्ष रविन्द्र केसी, वामीमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरु र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

फेरी पनि यस्ता गतिबिधिमा संलग्न भए अन्य कठोर कानुनी उपचार खोज्ने समेत सहमतीमा युवाहरुले हस्ताक्षर गरेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित