जीवन पाण्डे, बडिगाड, बाग्लुङ्ग, कार्तिक ०१,
जिल्लाको बडिगाड गाउपालिका वडा न. ६, भिमगिठे सिस्नेरीमा स्कुटी दुर्घटना हुदा एक जना घाइते भएका छन । दुर्घटनामा स्कुटी चालक घाइते भएका हुन । साझ करिब ६:३० बजे भएको दुर्घटनामा बडिगाड ०२, बस्ने ३३ बर्षिय बिष्णु गिरि घाइते भएका हुन । दुई जना सवार स्कुटीको पछाडी भने सोही स्थानमा बस्ने २४ बर्षिय कृष्ण गिरि हुन ।
बुर्तिवाङ बाट घरतर्फ आउदै गरेको स्कुटी दुर्घटना हुदा गिरिको घुडामा गम्भीर चोट लागेको छ । घाइतेलाइ बडिगाड पोलिक्लिनिकमा केही उपचार पछि थप उपचारका लागि पाल्पा पठाउने तयारी भएको र पछाडी सवार गिरि लाई भने कुनै चोट नलागेको ग्वालिचौर प्रहरी प्रमुख लालमणी भट्टराइले जानकारी दिनुभएको छ ।
Badigad Online