बागलुङमा ढुँगाले हानेर आफ्नै दाईको हत्या

बागलुङमा ढुँगाले हानेर आफ्नै दाईको हत्या

Badigad Online
1 Min Read

साकेंतिक तस्बिर. बुर्तिबाङ : ढोरपाटन नगरपालिका ६ भण्डारी गाउँमा मंगलबार राती स्थानिय जीवलाल भण्डारीले आफनै दाई पर्ने ५५ बर्षिय उदीमान भण्डारीको ढुँगाले हानेर हत्या गरेका छन ।

४५ बर्षिय जीवलालले आफु विरामी भएको भन्दै दाई उदीमानलाई मंगलबार साँझ धामी झाँक्री गरेर आफनो उपचार गरीदिन भन्दै घरमा वोलाएका थिए । साँझपख झाँक्री बस्दै गरेका दाईलाई घरमै रोकेर आफुलाई मसानले वोलाएको भन्दै नजिकैको समसान घाट पुगेर केहि समयमै घर फर्किएका जिवलाल आफनै घाँटी र पेटमा चोट लगाएर राताम्य भएर फर्किएको बताइन्छ ।

जव उनी घर फर्कन्छन एक्कासी दाइलाई ढुँगाले टाउकोमा हानेर दाइको हत्या गरीएको खुल्न आएको प्रहरी अनुसन्धान बताउँछ । जीवलालको घाँटी र पेटमा चोट रहेको छ उनले स्वयम चक्कु र खुकुरीको प्रयोग गरेर आफुले आफैलाई हानेको बताउँदै आएका छन प्रहरीद्धारा निजले प्रयोग गरेको खुकुरी र चक्कु समेत वरामद गरेको हो ।

ढुँगाले हानेर ज्यान गुमाएका उदीमानको टाउकोमा चोट छ लामो समयदेखि गाउँघरमा धामी झाँक्रीको रुपमा उनले स्थानियको सेवा गर्दे आएका थिए । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमख राजेश कुमार सर्मा अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीले हत्यारा जीवलाल भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय बागलुङले थप अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । ढोरपाटन टाईम्स

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित