बागलुङ : बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराको भण्डार भन्ने ठाउँमा एक बृद्धको शव फेला परेको छ । भण्डार गाउँकी ८४ बर्षिय खिपकला पाध्याको शव कमेरे पाखाको भीरमा अड्कीएको अबस्थामा फेला परेको हो ।
बुधबार साँझ परिवारसँगै खाना खाएर बिस्तरामा गएकी पाध्यालाई बिहिबार बिहान बिस्तरामा नदेखेपछि परिवारले खोजी गरेको थियो ।
स्थानीयको सकृयतामा खोजीगर्ने क्रममा उनको शव भीरमा अड्कीएको अबस्थामा फेला परेको प्रहरी चौकी कुश्मीशेराका हवल्दार गोविन्द थापाले बताए ।
उनी भीरमा कसरी पुगिन् भन्ने बिषयमा खोजी भैरहेको थापाले बताए । कुश्मीशेरा प्रहरी चौकीबाट घटनास्थल पुगेको प्रहरी टोलिले घटनास्थल सुरक्षित गरेर अनुसन्धानको टोलिलाई खवर गरेको छ ।
‘जिल्लाबाट अनुसन्धानको टोलि आएपछि मात्रै हामिले शव उठाउने छौं’ थापाले भने ‘सडकको कठिनाईका कारण टोलि घटनास्थल पुग्न कठिन भैरहेको छ ।’