गुल्मी । गुल्मीमा ६५ वर्षीय वृद्धालाई जवरजस्तीकरणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
जिल्लाको ईश्मा गाउँपालिकाकी ६५ वर्षीय वृद्धालाई जवरजस्तीकरणी गर्ने सोही गाउँपालिकाको वडा नं ४ नयाँ पोखराका ३६ वर्षीय कृष्ण बहादुर सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
भदौ १३ गते ती वृद्धालाई घरमा एक्लै भएको मौका छोपी जबरजस्ती करणी गरी फरार रहेका सार्कीलाई खोजतलास गरी पक्राउ गरिएको हो
उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Badigad Online