गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाका एक युवाले नगरप्रमुख जीवन खरेललाई क्षमा याचना माग्न अनुरोध गरेका छन् ।
वडा नं ७ निवासी एवम् गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र तर्फबाट मेयर पदका उम्मेदवार समेत रहेका विपिन विश्वास रायमाझीले स्वास्थ्य सम्बन्धी विषयलाई लिएर नगरप्रमुखलाई क्षमायाचना माग्न अनुरोध गरेका हुन् ।
केही समय अगाडी रायमाझीले मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सार बजारमा रहेको वामी स्वास्थ्य चौकीमा बाफ लगाउने नेबुलाईजर मेसिन समेत नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको भन्दै आवाज उठाएका थिए । त्यसको अर्को दिननै नगरपालिकाले स्वास्थ्य संस्थामा उक्त सामाग्रीहरु रहेको र कपोल्कल्पीत भ्रम सिर्जना गरि जनतलाई भ्रममा नपार्न अनुरोध गर्दै रायमाझी विरुद्ध विज्ञप्ती निकालेको थियो ।
यस्तो छ उनले उठाएको विषय
नगरप्रमुखद्धारा हस्ताक्षरित उक्त विज्ञप्तीको जवाफ फर्काउँदै रायमाझीले समाजका सामाजिक मुद्दामा निस्वार्थ आवाज उठाउने आफ्नो मनोभावनामा गम्भीर आघात पुगेको भन्दै अहिले बल्ल नगरपालिकाले स्वास्थ्य चौकीमा उक्त स्वास्थ्य उपकरणहरु खरिद गरेर राखेको दाबी गरेका छन् ।
रायमाझीको स्टाटस पछि मुसिकोट नगरपालिकाले निकालेको विज्ञप्ति
रायमाझीले उक्त विज्ञप्ती प्रति प्रष्ट पार्दै २ महिना अगाडी आफुले उठाएको मुद्धामा प्रेस विज्ञप्ती निकालेर उम्किने नगरपालिकाले अहिले २ महिना पछि बल्ल किन नेबुलाईजर मेसिन किन्यो भनेर प्रश्न गरेका छन् ।
‘अक्सिजन कन्सन्टेसर मेसिनबाट उक्त सेवा दिनमिल्नी भए,अहिले बल्ल नेबुलाईजर मसिन किन किनियो?यदि पहिल्यै स्टकमा थिए भने यतिका समय किन थन्क्याएर राखियो? जब उक्त मसिनबाट दिने सेवा दिइएकै थिईएन,सेवाग्राही फर्किएका जगजाहेर थियो त गल्ती स्वीकार नगरेर बिज्ञप्तिमा किन यथार्थ कुरा ढाक्ने प्रपन्च रचियो?कस्को अनुरोधमा रचियो?’ उनले लेखेका छन् ।
उनले गलत गतिविधिलाई प्रसय दिएर आफ्नो निस्वार्थ आवाजमाथी आघात पुग्ने गरि नगरप्रमुखको हस्ताक्षरमा निकालीएको विज्ञप्ति माथी पुर्नबिचार गरि आफु माथि लगाईएका गम्भीर आरोप फिर्ता लिई क्षमायाचनाको लागि समेत अनुरोध गरेका छन् ।
यस्तो छ रायमाझीको पछिल्लो स्टाटस