बागलुङ : नेकपा एमाले बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) बाट प्रत्यक्ष तर्फ प्रदेश सभा सदस्य पदका निम्ती ३ जनाको नाम सिफारिस गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनको लागि दलहरु आन्तरिक तैयारीमा लागि रहेका छन् । उम्मेदवार सिफारिसको काम अहिले भईरहेको छ ।
नेकपा एमालेले प्रदेश तहको आकाक्षींको नाम सिफारिस गरेको हो ।
शुक्रबार बुर्तिबाङमा भएकोे बैठकबाट नेकपा एमालेका नेता टकं प्रसाद पौडेल, लक्ष्मण पुन र लक्ष्मी शेन सुनारको नाम जिल्लामा सिफारिस गरीएको नेकपा एमाले ढोरपाटन नगर उपसयोंजक ज्ञानप्रसाद कंडेलले जानकारी दिए ।
समानुपातिक तर्फको नाम सिफारीस जिल्लाले गर्ने भएका कारण त्यस विषयमा छलफल नभएको बताइएको छ ।
Badigad Online