प्रेम सुनार, गुल्मी। गुल्मीकी एक महिला रुपन्देहीको जंगलमा मृत फेला परेको झण्डै दुई बर्षपछि हत्या घटनाको रहस्य खुलेको छ ।
जिल्लाको मालिका गाउँपालिका-४, साविक अर्खबाङ्ग गाविस-२ मुलाबारीकी ३५ बर्षीया वसन्ती भन्ने धनकुमारी अर्याल २०७७ माघ १० गते दिउँसो रुपन्देहको एक जंगलमा रुखमा बाँधिएको अबस्थामा मृत फेला परेकी थिइन् ।
उनलाई कपिलवस्तुको शिवराज नगरपालिका-७ जहभारीका उनकै प्रेमी ३६ बर्षीय काशिराम मुराउले गर्भवती बनाई हत्या गरेको ईलाका प्रहरी कार्यालय सालझण्डीले खुलासा गरेको हो । हत्या गरेदेखि नै फरार रहेका अभियुक्त मुराउलाई यहि साउन १६ गते पक्राउ गरि शुक्रबार सार्वाजानिक गरेको छ ।
ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी प्रमुख जगन्नाथ मरासिनीका अनुसार मृतक त्यति बेला रुपन्देहीको सैनामैना नगरपालिका–३ मा बसोबास गर्थिन । उनको १५\१६ बर्षकै उमेरमा विवाह भएको र दुई छोरीकी आमा समेत थिईन । तर उनको श्रीमानसंग टाढिएर बसेको बेला लोडर डाईभर रहेका मुराउ संग २०७३ साल देखि प्रेम सम्वन्धमा बाँधिएकी थिईन ।
सैनामैन नगरपालिका–११ शितलापुर फायरलाईनस्थित पूर्वपश्चिम राजमार्ग देखि दक्षिण करिव ८ सय मिटर दुरीर्मा रहेको शान्ति सामुदायिक वनको घना जंगलमा रुखको फेदमा बाँधिएको अवस्थामा उनको त्यति बेला वेवरिसे मृत शव फेला परेको थियो । २०७९ सालको असार मशान्त सम्म उक्त घटनाको फाईले समेत पेन्डिङ्गमा रहेको रउनका बारेमा अत्तोपत्तो केहि थाह नभएको प्रहरी निरीक्षक मरासिनी बताउँछन् ।
प्रहरीले घटनाका सम्वन्धमा मृतकका बाबु भक्तीराम अर्यालसंग सोधपुछ गर्दा प्रेमी मुराउले नै हत्या गरेको खुल्न आएको प्रहरी निरीक्षक मरासिनी बताउँछन् । उनी मृत्यु हुँदा ७ महिनाकी गभर्वती थिइन् । सुत्केरीमा खाने घिउ मगाइन मात्र सोधपुछका क्रममा २०७७ को चैत्र महिनामा आफु सुत्केरी हुने भएको हुँदा छोरीले घिउ र बेसार खोजेर पठाई दिन भनेको कुरा बाबुले प्रहरी संग बताए ।
उनका नजिकका साथीहरुसंग सोधपुछ गर्दै जाँदा प्रेमी मुराउको आफुले गर्भधारण गरेको र कुनै दिन आफुलाई मार्न पनि सक्ने बताएको पनि प्रहरीले पत्ता लगायो । प्रहरीलाई निजले दिएको बयान अनुसार प्रेमी मुराउले वसन्तीलाई गर्भवती बनाई सके पछि २०७७ बैशाखको अन्तिम सातातिर कपिलवस्तुको बुद्धभुमि नगरपालिकाको बुड्डी भन्ने स्थानमा गोप्य रुपमा डेरा गरि राख्छन् ।
त्यही क्रममा वसन्ती २०७७ , पुस महिनाको अन्तिमतिर बुटवल गएको बेला प्रेमी काशिराम बुटवलको फुलबारी सम्म लिन गई सालझण्डी सम्म बसमा सैगै लिएर आउँछन् । सालझण्डीको एक होटलमा घरेलु मदिरा र दालमोट किनेर आफुलाई त्यहाँका मानिसहरुले चिन्न हुँदा हिड् भित्र बनमा बसेर पिउँदै रमाईलो गरेर बसौला भन्दै फकाएर लैजान्छन् ।
दिउँसो करिव ३ बजेको समय भएकोले वसन्ती पनि निशंकोच संगै जान्छिन् । निजले घनघोर र सुनसान जंगलमा लगे पछि आफुले लगाएको गलबन्दीले घाँटी कसेर हत्या गर्छन । शव नचिनिओस भन्ने हेतुले वसन्तीले लगाएको पहेलो सुईटरले मुख बेरेर नजिकैको रुखमा लगेर बाँध्छन र रक्सीको बोतल र वसन्तीका चप्पलहरु लगेर बाणगंगा नदिमा बगाई आफु त्यहाँबाट हिड्छन् ।
प्रहरीले असार मशान्त सम्म बर्षभरका बेपत्ता महिलाहरुको सुचि पल्टाउने क्रममा वसन्तीको हत्या घटनाको अनुसन्धन थाल्दै उनका बाबु भक्तीराम अर्याल संग फेला परे नपरेको बारे सोधपुछ सुरु ग-यो । तब मात्र हत्याकोः रहश्य खुल्नुका साथै अभियुक्तलाई विभिन्न स्थानमा खोजतलास गरि निरन्तर एक हप्ते अभियान नै चलाएर पक्राउ गरिएको प्रहरी निरीक्षक मरासिनी बताउँछन् ।
अभियुक्तले वसन्तीलाई हत्या गरेको केहि दिन पछि वसन्ती हराएको र आफुले प्रहरीलाई निवेदन दिई सकेको बताउँदै प्रहरीमा जान नपर्ने बाबुलाई बताएका थिए । घरमा श्रीमती तीन छोरी र एक छोराका बाबु रहेका मुराउ गाडी चलाउने क्रममा उनलाई केवल यौनदासी मात्रै बनाएको र गर्भवती भईसकेपछि घरमा थाह पाउने डरले हत्या गरेको बताईन्छ ।
पूर्वपति संग हेलत्व सहन नसकेर बेग्लै बुटवलको मगरघाटमा डेरी गरि बसेकी वसन्तीलाई २०७३ सालदेखि ‘कान्छि’ बनाउँदै उनको जवनी लुट्दै आएका प्रेमी मुराउले अन्ततः उनको जिन्दगी नै लुट्न पुगे । निज प्रेमी मुराउले नै हत्या गरेको बाबु भक्तीरामले जाहेरी दिई पक्राउ गरि म्याद थप समेत गरिएको प्रहरी निरीक्षक मरासिनीले बताए ।
उनका अनुुसार क्षतिविच्छेद अवस्थामा रहेको शव हातको ट्याटु, छोरीलाई चिनोका रुपमा दिएको हातको घडी र गलाको कालोमालाबाटा बावुले छोरीको पहिचान गरेका थिए ।