गुल्मी : नेकपा एमालेले गुल्मी संघीय निर्वाचन क्षेत्र न १ बाट प्रदिप कुमार ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
केन्द्रिय उपमहासचिव समेत रहेका नेता ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय सर्वसम्मतीमा भएको हो ।
आज गुल्मीको रिडिमा सम्पन्न नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले नेता ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले छत्रकोटका सचीव यज्ञ पाण्डेले जानकारी दिनुभयो ।
बैठक बसिरहेको र प्रदेश उम्मेदवारको बिषयमा छलफल भैरहेको सचिव पाण्डेले जानकारी दिनुभयो ।
Badigad Online