बागलुङ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनकालागि बागलुङ क्षेत्र नंं. २ बाट ६ जनालाई उमेदवारको लागि सिफारिस गरेको छ ।
प्रदेश कमिटि सदस्यहरु मञ्जु शर्मा चालिसे, प्रेम खरेल र मेहरसिंह पाइजा, ढोरपाटन नगरपालिका कमिटिका अध्यक्ष गणेश कुमार थापा, गण्डकी प्रदेश समन्वय कमिटिका सदस्य चेतनारायण पौडेल र बागलुङ-काठमाडौं सम्पर्क मञ्चका सदस्य झकप्रसाद शर्मा सिफारिस हुनु भएको हो ।
एमालेले यस अगाडि नै प्रदेश सभाका लागि उमेदवार सिफारिस गरिसकेको छ ।
Badigad Online