गुल्मी । बडिगाड नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन् ।
गुल्मीको मुसिकोट नगरपालिका वडा नं ४ दिगामचौरका १७ वर्षीय किशोर सजंय बिक शनिवार बेलुकी बडिगाड नदीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
साँझ करिब ५ः३० बजे मुसिकोट नगरपालिका वडा नं ६ र ४ जोड्ने भुवाचिदी स्थित झोलुगें पुलबाट उनी हाम फालेर बेपत्ता भएका हुन् । हाम फाल्ने क्रममा उनले चिच्याएर हातले समेत ईशारा गरेको स्थानीय प्रत्यक्षदर्शीको भनाई छ ।
शनिवार बेलुकीसम्म खोजी गर्दा फेला नपरेपछि वामी प्रहरी चौकीले आईतबार बिहानै देखि उनको खोजी कार्य जारी राखेको छ ।
मजुवा तथा खैरेनी प्रहरीको सहायताले बडिगाड खोला किनारामा उनको खोजी भईरहेको प्रहरीले जनाएको छ । तस्बिर : साकेंतिक
Badigad Online