प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना अन्तर्गत “आलुजोन” को सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न।
दिनेश शर्मा बडिगाड बाग्लुङ ०६ कार्तिक
गुल्मी जिल्ला का २ र बाग्लुङ का ०६ गरि आठ पालिका अन्तर्गत का ३६ वडा मा लागु भइरहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत आलुजोन को सार्बजनिक सुनुवाइ तथा कार्यक्रम सार्बजनिकिकरण कार्यक्रम आज बडिगाड मा एक कार्यक्रम का बिच सम्पन्न भएको छ।
जोन सन्चालक समिती का सचिब तुलमाया निउरे को सभापतित्व र ताराखोला गाउपालिका अध्यक्ष प्रकाश घर्ती मगर को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बडिगाड ५ का वडा अध्यक्ष अर्जुन प्रसाद खरेल ,गुल्मी मालिका गाउपालिका १ का वडाअध्यक्ष्य इन्द्र ब घर्ति ,गल्कोट नगरपालिका वडा न १० का वडाध्यक्ष्य तिलक घर्ती , परियोजना प्रमुख कृश्ण प्रसाद पौड्याल को बिशेष उपस्थिती रहेको कार्यक्रममा जोन सन्चालक समिती का पदाधिकारी,बुद्दिजिबी ,पत्रकार ,कृषक हरुको उपस्थिती रहेको थियो।
बाग्लुङ जिल्ला अन्तर्गत का गल्कोट नगरपालिका,ताराखोला गाउपालिका,बडिगाड गाउपालिका, ढोरपाटन नगरपालिका ,निसिखोला गाउपालिका,तमानखोला गाउपालिका र गुल्मी जिल्ला अन्तर्गत का मालिका गाउपालिका र मदाने गाउपालिका गरि आठ ओटा स्थानिय तह मा लागु हुदै आएको उक्त परियोजना ले गत बर्ष एक करोड चालिस लाख बराबरको बजेट निकासा गरि गुल्मी जिल्ला मदाने २ होल्बाङ मा आलु भन्डार्न गर्ने रस्तिक स्टोर,मालिका ४ अर्खबाङ मा पोस्ट हार्भेस्ट सेन्टर निर्माण गर्नुको साथै परियोजना को कार्यक्षेत्र अन्तर्गत ११ वटा साना सिचाइ कार्यक्रम ,८४०० केजि जैबिक मल बितरण मागको आधारमा बिषादी ,सुक्ष्म तत्व,बितरण,प्रदर्शन कार्यक्रम अध्ययन अबलोकन भ्रमण,अभिमुखिकरण गोष्ठी लगाएत को कार्यक्रम गरिएको परियोजना प्रमुख कृष्ण प्रसाद पौडेल ले कार्यक्रममा जानकारी दिनुभयो साथै उहाले उक्त कार्यक्रम मा नै चालु बर्षको लागी यस बर्ष चार करोड पैतिस लाख बजेट बिनियोजन भएको जानकारी गराउदै उक्त बजेट ले कर्मचारी तलब ,कार्यलय ब्यवस्थापन ,स्थलगत तालिम,रस्तिक स्टोर , हार्भेस्ट सेन्टर निर्माण ,मल बिउ उत्पादन ,प्रदर्शन तथा स्थलगत तालिम भकारो सुधार लगाएत का कार्यक्रम हरु रहेको जानकारी दिनुभयो।
कार्यक्रम मा बोल्दै कार्यक्रम का प्रमुख अतिथी प्रकाश घर्ती मगर ले यस्तै परियोजना हरु को सफल र उपलब्धी मुलक कार्यक्रम ले नै समृद्द नेपाल निर्माणमा टेवा पुग्ने बताउनुभयो।कार्यक्रम परियोजना का कृषि अधिकृत चन्द्रप्रकाश गुप्ता को सन्चालन मा सम्पन्न भएको थियो।