प्रेम सुनार, गुल्मी । गुल्मीमा यतिबेला राष्ट्रिय राजनीतिमा ‘हेभिवेट’ मानिएका चार जना नेताहरू सङ्घमा र प्रदेशमा पनि त्यति कै प्रभावशाली नेता चुनावी मैदानमा छन् । क्षेत्र नम्बर १ बाट संघतर्फ नेकपा एमाले उपमहासचिव प्रदिपकुमार ज्ञवाली र नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारी प्रतिस्पर्धामा छन् ।
यता क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्णराज बिष्ट हिजो आफैलाई जिताउने चुनावी अभियानकी कमान्डर नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीसँग चुनावी मैदानमा छन् । यसर्थ पनि गुल्मी २ को चुनावी परिणाम थप रोचक बन्ने छ ।
गत स्थानीय तह निर्वाचनमा पालिका प्रमुखहरूले प्राप्त गरेको मत संख्यालाई आधार मान्ने हो भने गुल्मीका दुई वटै क्षेत्रमा एमाले उम्मेदवारहरूलाई विगतमा जसरी चुनाव जित्न सहज छैन ।
दुबै क्षेत्रमा बाम(लोकतान्त्रिक गठबन्धन बलियो देखिन्छ । १२ स्थानीय तह मध्ये सत्ता गठबन्धनले एक र एमालेले एक नगरपालिका जितेका थिए । १० गाउँपालिकाहरूमा एमालेले जम्मा दुई वटा र ८ वटा गाउँपालिका सत्ता गठबन्धन दलहरू मिलेर जितेका थिए ।
यस्तो छ क्षेत्र नम्बर १ को अवस्था
क्षेत्र नम्बर १ को सत्यवती र छत्रकोट गाउँपालिका एमालेले जितेको थियो । चन्द्रकोट, रुरुक्षेत्र, धुर्कोट र मालिका सहित चार गाउँपालिका प्रमुख पद गठबन्धनको सहयोगमा माओवादी केन्द्रले जितेको थियो । कालिगण्डकी , गुल्मीदरवार, इस्मा र मदानेसहित ४ गाउँपालिका कांग्रेसले जितेको थियो ।
त्यतिबेला गठबन्धन र एमालेका पालिका प्रमुखका उम्मेदवारहरूले पाएको मत जोड्दा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनले रेसुङ्गा नगरपालिका बाहेक प्रमुख पदमा ३५,०५२ मत प्राप्त गरेको देखिन्छ । त्यसै एमालेले पनि रेसुङ्गा नगरपालिका बाहेक ३०९१९ मत प्राप्त गरेको देखिन्छ ।
रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले १२९४ मतान्तरले एमालेका उम्मेरवार राजेन्द्र प्रसाद पाण्डेलाई पराजित गरेको भएपनि त्यस पालिकाका ८ वटा वडा क्षेत्र नम्बर १ मा र ६ वटा वडा क्षेत्र नम्बर २ मा परेको छ ।
जसअनुसार कांग्रेस सहितको गठबन्धनले रेसुङ्गा नगरपालिकाको ८ वटा वडाबाट ४९१२ मत पाएको छ । एमालेले ४५०५ मत पाएको छ । त्यो जोड्दा गठबन्धनले गएको स्थानीय तह चुनावमा क्षेत्र नम्बर १ बाट कुल ३९,९६४ मत प्राप्त गरेको देखिन्छ । त्यस्तै एमालेले ३५,४१७ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ ।
यस हिसाबले क्षेत्र नम्बर १ मा एमाले भन्दा गठबन्धन ४५४७ मतले अगाडि देखिन्छ । त्यसका अलावा कालिगण्डकी गाउँपालिका वडा नम्बर –६ खड्ककोट बाहेक अन्य सबै वडामा माओवादी र एमालेको गठबन्धन बनेको थियो । माओवादीको त्यहाँ करिव १५ सय मतको आँकलन सो पार्टीले गरेको छ । त्यस्तै सत्यवती गाउँपालिकामा ३ वटा वडामा मात्रै कांग्रेस माओवादी लगायतका दलहरूको गठबन्धन भएको थियो ।
ती पालिकाका माओवादी मत अहिलेको सत्ता गठबन्धनलाई आए ६ देखि ७ हजार बढि मत संख्याले सत्तागठबन्धन अगाडि देखिन्छ । यो क्षेत्रको प्रदेश १ मा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष तथा पूर्व मन्त्री सुदर्शन बराल मगर छन् । उनका प्रतिस्पधी नेकपा एमालेका गाउँ नेता चिन्तामणि पाण्डे छन् । यता प्रदेश २ मा गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता धनेन्द्र कार्कीसँग एमाले नेता फर्शुराम पाण्डे प्रतिस्पर्धामा छन् ।
गुल्मी-२ मा
गुल्मी–२ का ६ वटा पालिकाहरु म्धये २०७४ को स्थानीय निर्वाचनमा एक नगरपालिका सहित ५ वटा पालिका जितेको एमालेले २०७९ को स्थानीय निर्वाचनमा आई पुग्दा जम्मा एउटा मुसिकोट नगरपालिकामा मात्रै जित हासिल ग¥यो ।
एमालेको किल्ला मानिएको नेता गोकर्ण बिष्टको गृहपालिका ईस्मा समेत हार्नुले एमालेले ठुलो धक्का ब्यहोरेको थियो । ८ वटा वडा रहेको मालिका गाउँपलिकामा प्रम्ुख उपप्रमुख सहित ७ वटा वटा जितेको एमालले गएको चुनावमा एउटा वडा सदस्य समेत जित्न नसकी निल बन्यो ।
मदाने र धुर्कोट सम्ममा उपप्रमुख पद जितेको थियो । धुर्कोटमा भुपाल पोखरेले माओवादीको हँसिया हतौडाले पाएको २५ सय देखि ३ हजार सम्मको मत एमाले मै गन्ने हो भने गुल्मी २ मा रेसुङ्गा नगरपालिका बाहेकका पालिकामा एमाले अगाडि छ ।
जहाँ प्रमुख पदमा एमाले उमेदवारहरूले कुल २८,२६६ मत प्राप्त गरेका छन् । गठबन्धनका उमेदवारहरूले कुल २७३३९ मत प्राप्त गरेका छन् । तर धुर्कोट गाउँपालिमा एमालेको समर्थनमा माओवादीका भुपाल पोखरेल ६०८९ मतले विजयी भएका थिए ।
उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका महेन्द्र प्रसाद भण्डारी ४२६१ मत प्राप्त गरेक थिए । तर गाउँपालिका अध्यक्ष पोखरेल न्युनत माओवादीको मत २५ सय एमालेमा घट्दा र गठबन्धनमा बढ्दा रेसुङ्गा नगरपालिका बाहेक एमालेको २५,७६६ मत हुन आउँछ ।
त्यस्तै गठबन्धनको २९८३९ मत हुन्छ । यता रेसुङ्गा नगरपालिकाको ६ वटा वडामा एमाले वडाध्यक्षका उमेदवारहरूले कुल ३०७० मत पाएका छन् ।गठबन्धनले ३१३६ मत प्राप्त गरेका छन् । यसरी क्षेत्र नम्बर २ मा एमालेको कुल २८८३६ मत देखिन्छ । त्यस्तै सत्ता गठबन्धनको क्षेत्र नश्वर २ मा कुल मत ३२९७५ रहेको पालिका प्रमुखका उमेदवारहरूले पाएको मतले देखाउँछ ।
यस क्षेत्रको प्रदेश १ मा कांग्रेसका प्रभावशाली नेता भुवनप्रसाद श्रेष्ठ गठबन्धनका साझा उम्मेदवार हुन । उनीसँग प्रतिस्पर्धा गर्दै छन एमालेका पुराना नेता डिल्लीराज भुसाल । उता प्रदेश २ मा माओवादी केन्द्र गुल्मीका संयोजक तथा प्रचण्डका ज्वाँई बुद्धि जिसी गठबन्धनका साझा उममेदवार हुन् । उनीसँग एमालेका दिनेश पन्थी प्रतिस्पर्धा गर्दैछन् ।