गुल्मीमा ७४ वर्षीया वृद्वा आफ्नै घरमा मृत फेला, घटना रहस्यमय

गुल्मीमा ७४ वर्षीया वृद्वा आफ्नै घरमा मृत फेला, घटना रहस्यमय

Badigad Online
1 Min Read

गुल्मी । गुल्मीमा आफ्नै घरमा ७४ वर्षीया वृद्वा मृत फेला परेकी छन् ।

जिल्लाको इस्मा गाउँपालिका ५ दरिङ ढुङ्गा बस्ने जिवाकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक माधव खरेलले बताए ।

उनको मृत्यु रहस्यमय देखिएको छ । ढोकाको ताल्चा लगाएको र उनको नाक कानमा कुनै गहना नभएको स्थानीयले बताए । वृद्वाको २/३ दिन पहिल्यै मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

शव पोस्टम पार्टमको लागि सदरमुकाम तम्घास ल्याईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित