रिघाका श्यामलालको जिवन रक्षार्थ आर्थिक अभियान घोषणा,सहयोग गरिदिन अपिल

रिघाका श्यामलालको जिवन रक्षार्थ आर्थिक अभियान घोषणा,सहयोग गरिदिन अपिल

Badigad Online
3 Min Read

कमल पौडेल : बडिगाड । गल्कोट नगरपालिका वडा नं. ११ रिघा निवासि युवा समाजसेवी श्यामलाल वि.क.को जिवन रक्षार्थ आर्थिक अभियान घोषणा गरिएको छ।

सनिवार गल्कोटको हटियामा भएको भेलाले श्यामलालको जिवन रक्षा गर्न आर्थिक अभियान सञ्चालन गर्ने निणर्य गरेको हो। जसको लागि गल्कोट नगरपालिकाका प्रशासकिय अधिकृत समेत रहनुभएका तुल बहादुर विकको संयोजकत्वमा ५१ सदस्यिय समिति गठन गरिएको छ। जसको सदस्य सचिवमा दान श्रीस रहनुभएको छ।

गल्कोटमा रहेका विभिन्न सामाजिक संघसंस्थामा सक्रिय श्यामलाल विगत ३ वर्षदेखि प्राणघातक रोग क्यान्सर संग लडिरहनुभएको छ। वि.पि. कोइराला मेमोरियल क्यान्सर हस्पिटल चितवनबाट निरन्तर औषधि सेवन गरिरहेका वि.क.को क्यान्सर तेस्रो स्टेजमा पुगेको भन्दै हाल भारतको नयाँ दिल्ली स्थित राजिव गान्धी क्यान्सर हस्पिटलमा उपचार भैरहेको छ।

किमो थेरापी र वोन म्यारो प्रत्यारोपण गरे विरामी पूणर्रुपमा निको हुने अस्पतालले बताएपछि वि.क.को जिवन रक्षाको लागि अभियान थालिएको गल्कोट नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष डम्बर श्रीसले जानकारी दिनुभएको छ। सो उपचारको लागि ४० लाख भन्दा वढि खर्च लाग्ने अस्पतालले बताएको विरामीका भाई देव विश्वकर्माले जानकारी दिनुभएको छ।

आज गल्कोटमा भएको भेला तथा बैठकले हाल सम्म सहयोग गर्ने सहयोग दातालाई धन्यवाद व्यक्त गर्दै जिवन बचाउने अभियानमा जोडिन देश तथा विदेशमा रहनुभएका सवैलाई आह्वान गरेको छ। सवैको सानो सानो सहयोगले सामाजिक परिवर्तनको लागि हिँडिरहेको एउटा युवाको ज्यान बँच्न सक्ने भन्दै अभियानले जो जहाँ हुनुहुन्छ त्यहिँबाट सहयोग गर्न आग्रह गरेको छ।

श्यामलालको जिवन बचाउँन भन्दै गल्कोट नगरपालिका वडा नं. ११ ले पनि सवैमा अपिल गरेको छ भने परिवारले आफ्नो सदस्यको जिवन रक्षाको लागि सहयोगको याचना गरेको छ। श्रीमान्को उपचारको लागि भारतमै रहनुभएकी जया विश्वकर्माले आफ्नो श्रीमान्को ज्यान बँचाइदिन आग्रह गर्नुभएको छ। जयाले भन्नुभयो “मेरो श्रीमान् मृत्यूसंग लडिरहनुभएको छ तपाईको सानो सहयोगले उहाँको ज्यान बाँच्न सक्छ त्यसैले सहयोग गरिदिनुहुन याचना गर्दछु।”

समाजशास्त्र विषयबाट स्नातकोत्तर श्यामलाल अध्ययनशिल एवं बौद्धिक व्यक्तित्व रहेको र उहाँको सामाजिक योगदान लामोसमय देखि रहेकोले उहाँलाई बँचाउनु सवैको कर्तव्य हुन आएकोले अभियानमा जुटेको स्थानिय समेत रहनुभएका अभियानका सचिव दान बहादुर श्रीसले बताउनु भएको छ।

पिडित श्यामलाल वि.क. हाल अभियान कृषि तथा पशु विकास सहकारी संस्था लिमिटेड रिघाको अध्यक्ष, छिचिम्रा पोखरी आधारभूत विद्यालयको व्यवस्थापन समिति सदस्य, दलित सञ्जाल गल्कोटको संरक्षक सल्लाहकार सहित विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहनुभएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित