सागर भण्डारी,गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ८ वडा कार्यालयले आफ्नै नवनिर्मित सुविधा सम्पन्न भवनबाट आफ्नो सेवा सुरु गरेको छ । यसअगाडी पुरानो गाविस भवनको साँघुरो कोठाबाट सेवा दिईरहेको वडा कार्यालयको अहिले आफ्नै भवन निर्माण भएको हो ।
सुविधा सम्पन्न नवनिर्मित वडा कार्यालय भवनबाट औपचारिक कार्यक्रमका बिच सेवा शुभारम्भ गरिएको छ । भवन शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले सेवा प्रवाहमा भवन निर्माणले महत्वपूणर् टेवा पुग्ने बताउनुभयो । उहाँले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउँदै नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूणर् सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
नगर उपप्रमुख गगां श्रेष्ठले मुसिकोट नगरपालिकाले पूर्वाधार तर्फ पहिलो वडा कार्यालय भवन निर्माण सम्पन्न गरेर सेवा प्रारम्भ गरेको भन्दै वडा कार्यालय भवन निर्माणमा खट्ने पूर्व जनप्रतिनिधि तथा सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो ।
त्यस्तै नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बिनोद कुँवरले बस्ती र भुगोलका दृष्टिले सुगम स्थानमा वडा कार्यालय भवन निर्माण भएको भन्दै सेवा प्रवाहमा थप सहज हुने बताउनुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारीले जनताको भावना बुझेर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
वडा नं ८ का वडाध्यक्ष रमेश विश्वकर्माले सबै नागरिकलाई पायक पर्ने ठाउँमै वडाको नयाँ भवन निर्माण भएको बताउँदै भवन निर्माणमा समन्वय गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो ।
वडा नं ८ का पूर्व वडाध्यक्ष नारायण सापकोटाका अनुसार उक्त २ तले पक्की भवन ८८ लाख लागतमा निर्माण सम्पन्न भएको हो । उक्त ठाउँमा भवन निर्माण गर्न वडा कार्यालयले ३३ लाखको जग्गा समेत खरिद गरेको थियो । लुम्बिनी प्रदेश सरकार, सांसद विकास कोष र मुसिकोट नगरपालिकाको सयुंक्त लगानीमा गुल्मी क्षेत्र नं २ का सांसद गोकणर्राज विष्टले २०७८ साल पौष ११ गते भवनको सिलन्यास गर्नुभएको थियो । भवन एसआरपी गु्रपले निर्माण गरेको मुसिकोट नगरपालिकाका सुचना प्रविधि अधिकृत समुन्द्र विक्रम रायमाझीले जानकारी दिनुभयो ।
वडा कार्यालय भवन शुभारम्भ कार्यक्रममा वामी गाविसका पूर्व अध्यक्ष हरिनारायण सापकोटा, नेकपा एमाले मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्ले, वडा नं ९ का वडाध्यक्ष भुमा गुरुङ र नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु कुमारी सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा वडा भित्र रहेका १४ जना जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको थियो । कार्यपालिका सदस्य सम्झना कुँवरको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन मुसिकोट नगरपालिका योजना शाखा प्रमुख विष्णु खरेलले गर्नुभएको थियो ।
आफ्नै नयाँ भवन बनाएर सेवा दिने पहिलो वडा बन्यो
यो सगैं मुसिकोट नगरपालिकामा आफ्नै नयाँ भवन बनाएर सेवा दिने वडा नं. ८ पहिलो वडा कार्यालय बनेको छ । नगरका ९ वटा वडा कार्यालय मध्ये केही भाडामा त केही सरकारी भवनमा सञ्चालनमा रहेका छन् ।
जसमध्ये मुसिकोट नगरपालिकाका वडा नं २, ३, ४ र ७ नं वडा कार्यालय भाडाको घरमा सञ्चालनमा रहेका छन् भने वडा नं १, ५ र ६ नं वडा कार्यालय पूरानो गाविस भवन र वडा नं ९ वडा कार्यालय सामुदायिक भवनबाट आफ्नो सेवा प्रवाह गरिरहेको मुसिकोट नगरपालिकाका सुचना अधिकारी मुना ज्ञवालीले जानकारी दिनुभयो ।
वडा नं ९ वडा कार्यालयले भवन निर्माणका लागि जग्गाको टुगों लगाएको छ । गतवर्ष जग्गा खरिद गरेपनि भवन निर्माणका लागि केन्द्र या प्रदेश सरकारकै बजेटको भर पर्नु पर्ने हुनाले बजेट सुनिश्चित हुनासाथ वडा नं ९ ले पनि भवन निर्माणको काम थाल्ने ज्ञवालीले बताउनुभयो । त्यस्तै वडा नं ३ को पनि जग्गा खरिदको काम अन्तिम चरणमा पुगेको वडाध्यक्ष शकंर बहादुर रायमाझीले जानकारी दिनुभयो । वडा कार्यालय निर्माणका लागि प्रतिरोपनी ४ लाखका दरले ५ रोपनी जग्गा खरिदको कार्य आगामी आर्थिक वर्ष भित्र सम्पन्न हुने उहाँले बताउनुभयो ।