विमान दुर्घटनामा ज्यान गुमाउने बडिगाडका नागरिकप्रति गाउँपालिकाद्धारा दुःख व्यक्त

विमान दुर्घटनामा ज्यान गुमाउने बडिगाडका नागरिकप्रति गाउँपालिकाद्धारा दुःख व्यक्त

Badigad Online
1 Min Read

बडिगाड । पोखरामा भएको विमान दुर्घटनामा परि ज्यान गुमाउने बडिगाड गाउँपालिकाकी चेली प्रति गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले दुःख व्यक्त गुर्नभएको छ ।

आज विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बडिगाड गाउँपालिका वडा नं ३ सिसाखानी निवासी कलाकार निरा छन्त्यालको निधन भएको थियो ।

त्यस्तै बडिगाड गाउँपालिकामा अमिन पदमा कार्यरत कर्मचारी प्रदिप पौडेलको धर्मपत्नी रचना काफ्ले पौडेल उहाँका आठ महिनाको छोरा रियान पौडेलको पनि उक्त दुर्घटनामा पर्नुभएको थियो ।

बडिगाड गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै दिवाङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ । गाउँपालिकाका अध्यक्ष अधिकारीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा शोकमा रहेको परिवारलाई धैर्यधारण गर्न आग्रह गर्दै समवेदना व्यक्त गरिएको छ । भने गाउँपालिकाले मृतकको परिवारलाई सहयोग गर्ने जनाएको छ ।

यसैविच बडिगाड गाउँपालिकाले शोकाकुल परिवारलाई पोखरा पुर्याउन पहल लिएको छ। बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वन र वडा नं. ३ सिसाखानीका वडाध्यक्ष खड्क पुन निराको परिवारका सदस्यहरु लिएर पोखरा पुग्नुभएको छ ।

गाउँपालिकाले परिवारको चाहना अनुसार शव पोखराबाट ल्याउन सहयोग गर्ने बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभएको छ।

यती एयरलाइन्सको ६१९ फ्लाइट नम्बरको विमान आज काठमाडौंबाट १० बजेर ३२ मिनेटमा पोखराका लागि उडेको थियो । १० बजेर ५४ मिनेटसम्म सम्पर्कमै रहेको विमान सेती नदीको खोचमा दुर्घटनामा परेको थियो ।

गाउँपालिकाले जारी गरेको शोक वक्तव्य

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित