काठमाडौं । कुनै पनि महिलाहरुका लागि आमा बन्नु गौरवको कुरा हो । संसारको सबैभन्दा ठुलो सुख हो आमा बन्नु । त्यसैले त माता,पितालाई भगवानको स्थान दिइन्छ । गर्भावस्था महिलाहरुका सबै चुनौतीपुण अवस्था पनि हो । किनभने यो समयमा आफ्नो ख्याल नराख्दा आमा र बच्चा दुबैको ज्यान जान सक्छ ।
स्त्री रोग विशेषज्ञ भोला रिजाल
त्यस्तै परिवारका लागि पनि यो अवस्था खुशी र चुनौतिपूर्ण नै रहन्छ । समाजमा अहिले पनि महिलाहरु गर्भावस्थामा आफ्नो ठूलो पेट प्रति असहज महशुस गर्ने र लजाउँने गर्दछन् । जोखिम पूर्ण अवस्थाका बारेमा धेरैलाई सामान्य जानकारी समेत नहुँनु ठूलो समस्या हुन सक्छ ।
१ अल्ट्रासाउण्ड वा भिडियो एक्सर कहिले गर्ने ।
सामान्यतया गर्भ रहेका करिब १६ देखि २२ हप्ताभित्र पहिलो पटक अल्ट्रासाउन्ड (भिडियो एक्सरे) गराउनु आवश्यक हुन्छ र गराउँनु पर्छ । अल्ट्रासाउण्डबाट गर्भमा रहेको शिशुको अवस्था, गर्भ ठीक ठाउँमा बसेको छैन भनेर थाहा पाउँन सकिन्छ । बच्चालाई कुनै किसिमको शारीरिक समस्या छ–छैन थाहा पाउन चिकित्सले अल्ट्रासाउण्ड गराउन सल्लाह दिने गर्दछन् ।
२ गर्भवती भएका बेला तौल वृद्धिमा ध्यान दिने ।
गर्भाधानको अवस्थामा शिशु, सालनाल, शिशु वरिपरिको पानी, पाठेघरको वृद्धि र शरीरका विभिन्न भागमा प्रोटिन एवं बोसो जम्मा हुने भएकाले गर्भ भएको बेलामा करिब १० देखि १२ किलोसम्म तौल बढ्ने हुन्छ । त्यसैले बेला बेलामा आफ्नो तौल चेक गर्नू पर्छ । किन भने उक्त अवधीमा तौल धेरै बढ्नु र घट्नु एउटा समस्या हो । यदि यस्तो भएमा तुरुन्तै डाक्टरसंग सल्लाहा लिनु पर्छ ।
३ गर्भवती भएका बेलामा के–के को जाँच गराउने ।
हरेक गर्भवती महिलाले हेमोग्लोबिन, रक्त समूह, यौन रोग, एचआईभी एवं हेपाटाइटिस बी, सुगरसम्बन्धी रगत जाँच, पिसाब जाँच एवं भिडियो एक्स–रे गराउनु आवश्यक हुन्छ । आफुलाई देखापरेको स्वास्थ्य समस्याअनुसार थप जाँच गराउनुपर्छ ।
४ गर्भावस्थामा हुन सक्ने समस्याहरु ।
गर्भावस्थामा हुँदा बिहानीपख वाकवाकी लाग्ने, मुखमा अमिलो पानी आउने र छाती पोल्ने, पिसाब छिटो–छिटो लाग्ने, योनीश्राव (सेतो पानी) अलि बढी बग्ने, पिडौला एवं जननेन्द्रीय वरिपरिका नसा फुल्ने, कब्जियत हुने, खुट्टा सुन्निने, कम्मर दुख्ने, पिडौला बाउडिने हुन्छ । त्यसैले आफ्नो ख्याल राख्नु पर्दछ र यस्ता समस्या हुँदा डराउँनु पदैन । किनभने हरेक गर्भावती महिलालाई यस्ता समस्या हुने गर्दछन् ।
५ शिशु जन्मने मिति ।
नियमित रुपमा महिनावारी भैरहेका महिलामा अन्तिमपटक महिनावारी भएको दिनमा ९ महिना ७ दिन जोडेमा शिशु जन्मिने मिति निस्कन्छ । यसरी हिसाब गरी निकालेको दिनमा करिब ५ प्रतिशतले शिशु जन्माउँछन । भने अधिकांश वा करिब ८० प्रतिशत महिलाले उक्त दिनको दुई हप्ताअघि वा एक हप्तापछि शिशु जन्माउँछन् । त्यसैले यो समयमा महिलाले बिषेश ध्यान दिनुपर्छ । एजेन्सीको सहयोगमा