सागर भण्डारी, गुल्मी । बागलुङको बडिगाड गाउँपालिका वडा नं ५ ग्वालिचौर टारी स्थित भानु माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ६० औँ वर्ष पुरा गरेको अवसरमा अहिले हीरक महोत्सव मनाउँदै छ । विद्यालयले हीरक महोत्सवकै अवसरमा शैक्षिक गुणस्तर वृद्धिको उद्धेश्य राखेर विभिन्न दाताहरुसगं सहयोग सकंलन अभियान थालेको छ ।
विद्यालयको अभियानमा देश विदेशबाट विभिन्न दाताहरुले सहयोग गरिरहनुभएको छ । यसैबीच विद्यालयका संस्थापक सदस्य एवम् विद्यालयलाई निरन्तर सहयोग गर्दै आउनुभएका समाजसेवी एवम् शिक्षा प्रेमी व्यक्तित्व चिन्तामणी खरेलले जग्गा प्रदान गर्नुभएको छ ।
बडिगाड गाँउपालिका वडा नं. ५ ग्वालिचौर खौलार निवासी तत्कालीन ग्वालीचौर गाउँ पञ्चायतका उपप्रधान पञ्च समेत रहनुभएका खरेलले विद्यालयको लागि १२ लाख मुल्य पर्ने बराबरको जग्गा र नगद १ लाख रुपैयाँ सहयोग प्रदान गर्नुभएको भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव खरेलले बताउनुभयो ।
“विद्यालय स्थापना पश्चात प्रावि, निम्न मावि र माध्यमिक तहको अध्यापन सुरु गर्न निकै सघंर्ष गर्यौँ चन्दादाता खरेलले भन्नुभयो, विद्यालयले अझै प्रगती गर्दै गएको छ । गाउँकै विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान होस् र यहाँका बालबच्चाले रोजेकै विषय पढ्न पाउन भन्ने हेतुले सहयोग गरँे ।” विद्यालयको ईतिहास स्मरण गर्दै खरेलले सबै मिलेर गाउँको विद्यालयलाई अगाडी बढाउनुपर्ने बताउनुभयो ।
हिरक महोत्सवको अवसरमा आर्थिक संकलन अभियानबाट हालसम्म विभिन्न व्यक्तिहरुबाटहालसम्म विद्यालयमा करिव २ करोड २० लाखको चन्दा संकलन भएको विद्यालयले जनाएको छ ।