सागर भण्डारी,गुल्मी । बागलुङ पश्चिम क्षेत्रकै ऐतिहासिक विद्यालय भानु माध्यमिक विद्यालय बडिगाड गाउँपालिका -५ बागलुङले आफ्नो स्थापनाको ६० औँ बर्षगाँठको अवसरमा आयोजना गरेको हिरक महोत्सवको औपचारिक कार्यक्रम अन्तर्गत दोश्रो दिनका कार्यक्रमहरु सम्पन्न भएका छन् ।
महोत्सवको बिहिवार प्रमुख अतिथि बागलुङ क्षेत्र नं २ का सांसद एवम् पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो । आजको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले सरकारले लिएको निशुल्क शिक्षाको अवधारणालाई पुरा गर्नका लागि हीरक महोत्सवको आयोजना गरी सहयोग सकंलन अभियान थालेर स्थानीय सरकारको दायित्व विद्यालयले पुरा गरेको बताउनुभयो । उहाँले विद्यालय सञ्चालनका लागि त्याग गर्ने चन्दादाताहरुप्रति धन्यवाद व्यक्त गर्दै विद्यालयलाई मात्रै नभएर राज्यलाई समेत सहयोग गरेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले बडिगाड गाउँपालिकाको तर्फबाट हुनुपर्ने दायित्व भौतिक संरचना, विद्यार्थी संख्या, खेलमैदान निर्माण लगायतका कार्यका लागि सदैव तैयार रहेको भन्दै गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरुको सुधारका लागि शैक्षिक गुरुयोजना बनाएर अगाडी बढ्ने बताउनुभयो । अध्यक्ष अधिकारीले विभिन्न विद्यालयहरुले चन्दा सकंलन गरेर निजि शिक्षक राखेर दुखद स्थितिबाट विद्यालय सञ्चालन गरिरहेको भन्दै रिक्त दरबन्दी रहेका विद्यालयहरुमा दरबन्दी परिपूर्तिका लागि प्रदेश सरकार र सघींय सरकारसगं पहल गरिरहेको स्पष्ट पार्नुभयो ।
उहाँले बडिगाड गाउँपालिकामा क्याम्पस सञ्चालनको लागि सघींय सरकार, प्रदेश सरकारसगं पहल भईरहेको भन्दै क्याम्पस सञ्चालनको प्रक्रिया समेत छिट्टै अगाडी बढ्ने बताउनुभयो । उहाँले अहिलेको समयको आवश्यकता अनुसार प्राविधिक शिक्षालाई नै क्याम्पसमा सञ्चालन गर्न सकिने भन्दै जनप्रतिनिधि, स्थानीय र सबैको साथ सहकार्यको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले बडिगाड गाउँपालिकाले आवश्यक शैक्षिक कार्यविधि, शिक्षा ऐन लगायत स्थानीय पाठ्यक्रम समेत निर्माण गरेर कार्यान्वयन गरेको जानकारी दिनुभयो ।
फरक प्रसगंमा उहाँले बडिगाड गाउँपालिकाले परिणाममुखी काम गर्नका लागि योजनाहरुको प्राथमिकीकरण गरी योजना बैकं बनाएर काम गर्न लागेको समेत बताउनुभयो । उहाँले गाउँपालिकालाई गण्डकी प्रदेशकै नमुना प्रदेश बनाउने अभियानमा आफुहरु लागिरहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रमका विशेष अतिथि एवम् बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वनले यस क्षेत्रकै ऐतिहासिक विद्यालयले हीरक महोत्सव मनाउन लागेको भन्दै खुसी व्यक्त गर्नुभयो । सविंधानप्रधत्व शैक्षिक अधिकारहरुलाई सुनिश्चित गर्न विद्यालयले सञ्चालन गरेको अभियान प्रशसंनीय रहेको बताउनुभयो ।
कार्यक्रममा बडिगाड गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारी, बडिगाड गाउँपालिका वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।
हीरक महोत्सवको दोश्रो दिनको अवसर पारेर विद्यालयले विभिन्न चन्दादाता, जग्गादाता, पूर्व विद्यार्थी, पूर्व शिक्षक लगायतलाई सम्मान गरेको छ । विद्यालयमा प्राविधिक धार तर्फको अध्यापन सुरु गर्ने, विद्यालय बस सञ्चालन गर्ने र आवासीय विद्यालय सहित निशुल्क शिक्षालाई पूणर् कार्यान्वयन गर्ने उद्धेश्य राखेर हीरक महोत्सवको अवसरमा विद्यालयले विभिन्न शैक्षिक एवम् सामाजिक व्यक्तिहरुसगं सहयोग सकंलन अभियान सञ्चालन गरेको थियो ।
उक्त अभियान मार्फत सहयोग गर्ने चन्दादातालाई बाजागाजा, दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको छ ।
कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले विभिन्न नृत्य तथा गीत समेत प्रस्तुत गरेका थिए भने विद्यालयमा लामो समयसम्म अध्यापन गराई हाल विभिन्न ठाउँमा रहनुभएका व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन प्रसाद खरेलको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयका शिक्षक उदय खरेलको स्वागत मन्तव्य र विद्यालयका शिक्षक कृष्ण प्रसाद भट्टराई, शिव घिमिरे, दिनानाथ पौडेल र वडाध्यक्ष विष्णु प्रसाद आचार्य लगायतको सञ्चालनमा सम्पन्न भएको थियो ।
विद्यालयले हीरक महोत्सवको अवसरमा आयोजना गरेका कार्यक्रमहरु यही माघ २२ गतेदेखि सुरु गरेको थियो । २२ गतेदेखि २४ गतेसम्म विद्यालयका आन्तरिक कार्यक्रम र २४ र २५ गते अन्तर विद्यालय स्तरीय कार्यक्रमहरु सम्पन्न भएका छन् । महोत्सव भोलि समापन हुनेछ ।
विद्यालयको वृहतर विकास र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको महोत्सवमा अहिलेसम्म विभिन्न व्यक्तिबाट झण्डै २ करोड २० लाख रुपैयाँ सहयोग सकंलन भएको छ ।