भारतले निकालेको नक्सामा नेपाल ले चिन्ता लिनु पर्दैन : महानिर्देशक जोसि !

भारतले निकालेको नक्सामा नेपाल ले चिन्ता लिनु पर्दैन : महानिर्देशक जोसि !

Badigad Online
2 Min Read

काठमाडौं, २० कात्तिक । नापी विभागका महानिर्देशक प्रकाश जोशीले भारतले कालापानीबारे निकालेको नयाँ नक्शाबारे नेपालले चिन्ता लिन नपर्ने स्पष्ट पारेका छन् । आज राति प्राईम टाइम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा महानिर्देशक जोशीले यस्तो बताएका हुन् ।

उनले नेपाल र भारतबीच कालापानी र सुस्ताबाहेक सबै सिमा विवाद समाधान भैसकेको पनि दाबी गरेका छन् । कालापानी र सुस्ताको सिमा विवाद पनि आगामी सन् २०२० भित्रै टुँगो लगाउने उनको विश्वास छ । उनले भारतीय पक्षले सार्वजनिक गरेको नयाँ नक्शापनि भारतीय पक्षको पूरानै दाबीअनुसार रहेको स्पष्ट पारे । उनले भनेका छन्,‘कालापानी र सुस्ता हाम्रो तहको प्राविधिकले समाधान गर्न नसकेको विवाद हो ।’ जोशीसँग पत्रकार धमलाले लिएको पूरा अन्र्तवार्ता आज राति ८ः०० बजे प्राईम टिभीमा हेर्न सकिनेछ ।

भारतले जम्मु कस्मिरलाई दुई केन्द्रशासित क्षेत्र बनाएको नयाँ नक्सा सार्वजनिक गरेको थियो। उक्त नक्सामा नेपालले दाबी गर्दै आएको कालापानी, लिपुलेकलाई भारतीय सीमाभित्र राखिएको छ। यता नेपाल सरकारले पनि आजै साँझ कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट पारेका छ ।

बुधबार साँझ नेपालको परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तीमा भनिएको छ,‘ कालापानी क्षेत्र नेपालको भूभाग हो भन्नेमा नेपाल सरकार स्पष्ट छ, दुई देशबीच टुंगिन बाँकी रहेका सीमा सम्बन्धी विषयहरू दुबै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ।’
नोट : यो रिपोर्टस नेपालबाट साभार गरिएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित