ज्ञानज्योतिको रजत महोत्सव एवम् धनधान्यान्चल महायज्ञको तैयारी अन्तिम चरणमा

ज्ञानज्योतिको रजत महोत्सव एवम् धनधान्यान्चल महायज्ञको तैयारी अन्तिम चरणमा

Badigad Online
4 Min Read

सागर भण्डारी/जिटिभि,गुल्मी । ज्ञानज्योति आधारभूत विद्यालय मुसिकोट नगरपालिका-९ अर्लाङ्कोट पाँणथोक गुल्मीले आयोजना गरेको रजत महोत्सव एवम् धनधान्यान्चल महायज्ञको तैयारी अन्तिम चरणमा पुगेको छ ।

विद्यालयले आज एक कार्यक्रमको आयोजना गरि तैयारीका विषयमा जानकारी गराएको हो । रजत महोत्सवको अवसरमा आयोजना गरेका कार्यक्रमहरु विभिन्न समिति एवम् उपसमितिहरुले आआफ्नो जिम्मेवारी पुरा गरेको र कार्यक्रमको तैयारी अन्तिम चरणमा रहेको विद्यालयका प्रधानाध्यापक यज्ञमूर्ति सापकोटाले जानकारी दिनुभयो ।

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको रजत महोत्सव एवम् धनधान्यान्चल महायज्ञको तैयारी ९० प्रतिशत सकिएको रजत महोत्सव एवम् धनधान्यान्चल महायज्ञ मुल आयोजक समिति सयोंजक यदुलाल सापकोटाले जानकारी दिनुभयो ।

विद्यालयले यही फाल्गुण ९ देखि १६ गतेसम्म हीरक महोत्सव एवम् धनधान्यान्चल महायज्ञ आयोजना गरेको छ । कार्यक्रमको पूर्व सन्ध्यामा विभिन्न सञ्चार माध्यमबाट प्रचार प्रसार, विभिन्न ठाउँका सरोकारवाला एवम् सघंसंस्थाहरुसगं भेटघाट, अन्तरक्रिया र सुझाव सकंलन लगायतका कार्यक्रमहरु चलिरहेको प्रचारप्रसार समिति सयोंजक टिकाराम सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयको मुल आयोजक समितिले बागलुङ, गुल्मी, चितवन लगायतका ठाउँमा रहनुभएका विद्यालयका शुभ चिन्तकहरुसगं समेत भेटघाट गरिरहेको उहाँको भनाई छ ।

महोत्सव मुल आयोजक समितिका सदस्य कालिदास खरेलका अनुसार विभिन्न तैयारी समितिहरुले आफ्ना आन्तरिक तैयारीहरु अन्तिम चरणमा पुर्याएका छन् । यज्ञ व्यवस्थापन, गेट निर्माण, प्रचारप्रसार लगायत आन्तरिक तैयारीहरु समेत अन्तिम चरणमा पुगेको उहाँको भनाई छ ।

अहिले आर्थिक सकंलन, विभिन्न ठाउँका व्यक्ति एवम् सघंसंस्था र स्थानीय पालिकाहरुसगं भेटघाटका साथै गेट निर्माण, कार्यक्रम स्थल निर्माण लगायतका कामहरु व्यापक रुपमा अगाडी बढेको सचिवालय सदस्य रामकृष्ण कडेंलले बताउनुभयो । उहाँले भेलामा कार्यक्रमको अहिलेसम्म भएका गतिबिधि, तैयारी तथा आगामी दिनमा के कस्ता योजना र गतिबिधिहरु गर्ने भन्ने विषयमा प्रष्ट पार्नुभएको थियो ।

विद्यालयले राखेको उद्धेश्य पुरा गर्न विभिन्न व्यक्तिहरुसगं सहयोग सकंलन अभियान थालिएको र अहिलेसम्म झण्डै १ करोड रुपैँया सहयोग सकंलन भएको आर्थिक समिति सयोंजक विश्वनाथ सापकोटाले बताउनुभयो । अझै पनि विभिन्न ठाउँबाट सहयोगी महानुभावहरु जोडिने क्रम जारी रहेकाले उद्धेश्य बमोजिम आर्थिक सकंलन हुने कुरामा आफुहरु विश्वस्त रहेको उहाँको भनाई छ ।

समय अनुकुल शिक्षासगैं विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गरी त्यस समुदायका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्य राखेर आयोजना गरिएको महायज्ञ सबै मिलेर सम्पन्न गर्नुपर्ने वडा नं ९ का वडाध्यक्ष भुमा गुरुङले बताउनुभयो ।

भेलामा विशिष्ट अतिथि, मुल समारोह समिति उपसयोंजक एवम् एनआरएनए अभियान्ता प्रेम सापकोटाले महोत्सवलाई नै लक्षित गरी आफु अस्ट्रेलियाबाट नेपाल आएको भन्दै सबै अर्लाङकोट बासीले पनि हातमा हात मिलाएर सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो गाउँठाउँले दिएको उर्जाकै कारण आफु अहिलेको स्थानसम्म आईपुगेको समेत स्पष्ट पार्नुभएको थियो ।

त्यस्तै भेलामा प्रमुख अतिथि समाजसेवी हरिनारायण सापकोटाले विद्यालय शिक्षा अन्तर्गत माध्यमिक तहसम्मको शिक्षालाई सरकारले निशुल्क गरेपनि जनज्योति आधारभूत विद्यालयले अझै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्यले रजत जयन्तीको अवसरमा सहयोग सकंलन अभियान थालेर प्रशसंनीय कार्य गरेको बताउनुभयो । उहाँले व्यवस्थापन र विभिन्न समिति तथा उपसमितिहरुले आफ्नो जिम्मेवारी निर्वाह गरी महोत्सव भव्य रुपमा सम्पन्न गर्न आग्रह गर्दै आफुले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

महायज्ञमा गुरुदेव श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज, गुरुदेव श्री १००८ स्वामी विवेकानन्द सरस्वती महाराज, प्रतिष्ठित कथाकार चेतराज कण्डेलको प्रमुख कथा वाचन एवम् पण्डित श्री पूणर्भद्र गौतमज्यूको यज्ञाचार्यत्व रहने बताईएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित