सागर भण्डारी, गुल्मी । बागलुङको बडिगाड गाउँपालिका वडा नं ५ का ७१ वर्षीय टेक बहादुर थापा लामो समयदेखि घुँडा दुख्ने सगैं अन्य नसा सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । उपचारका लागि बुटबल जाने मनसाय बनाए पनि फुर्सद भने मिलेको थिएन । यसैबीचमा उहाँले बडिगाड गाउँपालिकाले विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गर्दैछ भन्ने थाहा पाउनुभयो । निशुल्क स्वास्थ्य शिविरमा उपचार गराएपश्चात उहाँले गाउँमै बुटबलका डाक्टरहरुबाट चेकअप र औषधीउपचार गराउन पाउँदा खुसी लागेको बताउनुभयो ।
सोही वडाकै दाँगका घनश्याम घिमिरेले स्थानीय सरकारले आफुहरुलाई गाउँमै डाक्टरको सेवा दिएर पैसा र समय दुबैको बचत भएको बताउनुभयो । “यही उपचार गराउन बुटबल या पोखरा पुग्नुपथ्र्यो उहाँले भन्नुभयो- एक त पैसाको पनि बचत भयो अर्को कुरा झण्झट पनि भएन आफ्नै ठाउँबाट स्वास्थोपचार गर्न पाईयो ।”
बडिगाड गाउँपालिका वडा नं २ बाट शिविरमा पुग्नुभएका शकंर रानाले यस्ता शिविर अन्य समयमा पनि आयोजना गर्न सकेमा विपन्न र गरिबीका कारण उपचार गर्न नसकेकाहरुलाई निकै राहत पुग्ने धारणा राख्नुभयो ।
३ सय भन्दा बढीले लिए सेवा
बडिगाड गाउँपालिकाले आयोजना गरेको विशेषज्ञ सहितको २ दिने निशुल्क स्वास्थ्य शिविर वडा नं ५ स्थित ग्वालिचौर स्वास्थ्य चौकीमा शुक्रवारदेखि सुरु भएको छ । शिविरको पहिलो दिन सेवाग्राहीको बाक्लो भिड लागेको थियो । पहिलो दिन नै झण्डै ३५१ जनाले स्वास्थ्य सेवा लिएको गाउँपालिकाका स्वास्थ्य सयोंजक विपेन्द्र केसीले जानकारी दिनुभयो ।
जसमध्ये दन्तरोग विशेषज्ञ सेवा तर्फ १ सय १८ जना, भिडियो एक्स रे सेवा ८५ जना, प्रयोगशाला सेवा १ सय ८ जना, पाठेघरको मुखको क्यान्सर जाँच ४२ जना र ८ जनाले ई.सि.जि. सेवा लिएको उहाँको भनाई छ । त्यस्तै शिविरबाट परिवार नियोजनतर्फ १ जनाले ईम्प्लान्ट र २ जनाले आईयुसिडी सेवा समेत लिएका छन् । शिविरमा ३ सय ८ जनालाई औषधी वितरण गरिएको छ ।
बडिगाड गाउँपालिका वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले निशुल्क स्वास्थ्य शिविरबाट ९ वटै वडाका नागरिकहरु लाभान्वित हुने बताउनुभयो ।
आर्थिक, भौगोलिक लगायतका अप्ठ्याराका कारण अस्पतालसम्म पुग्न नसकेका सर्वसाधारणलाई लक्षित गरेर स्वास्थ्य शिविर आयोजना गरिएको गाउँपालिका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो । ‘अस्पताल जान मन भएका तर खर्च नहुँदा अस्पताल पुग्न नसकिरहेका जनताको सुविधाका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको हो,’ उहाँले भन्नुभयोे, शिविरले बडिगाडका नागरिकहरुको स्वास्थ्य स्थिति सुधार गर्न मद्धत पुर्याउँछ भन्ने हाम्रो विश्वास छ ।’
शिविरमा बडिगाड गाउँपालिका सहित छिमेकी गुल्मीको मुसिकोट नगरपालिकाका सर्वसाधारण बिरामी स्वास्थ्य जाँच एवं उपचारका लागि शिविर स्थलमा आएको बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वनले बताउनुभयो ।
भुगोल र अन्य हिसाबले पनि पछाडी परेको बडिगाड गाउँपालिकाका विभिन्न विकट गाउँहरुमा रहेका विभिन्न विरामीहरुको तथ्याकं सकंलन गरी पैसा र चेतनाको अभावका कारण उपचार नपाई बसेकाहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले शिविरको आयोजना गरिएको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । प्रत्येक वर्ष विशेषज्ञ सहितको शिविर आयोजना गर्ने योजना रहेको उहाँको भनाई छ ।
बडिगाड गाउँपालिकाको आयोजना तथा लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साईन्स प्रा.लि र नेलम्बो नेपालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा फिजिसियन डाक्टर द्धारिका प्रधान, महिला तथा प्रसुती रोग विशेषज्ञ डा. सरस्वती श्रेष्ठ, रेडियोलोजिष्ट डा. गोकणर् पन्थी, दन्त चिकित्सक डा. सीजन मरासिनी र अर्थोपेडिक सर्जन डा. राहुल श्रेष्ठ लगायतले चेकजाँच तथा औषधोपचार गर्नुभएको थियो ।
शिविरमा विशेष चिकित्सकबाट स्त्री रोग, बाल रोग, हाडजोर्नी, नशा, नाक, कान, घाँटी, आँखा, दाँत र पेट सम्बन्धी रोगको उपचार गरिएको थियो । गाउँमा विशेषज्ञ सहितको स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी भएका छन् । शिविरमा १६ शनिवारसम्म चल्नेछ ।