पाल्पा : पाल्पाको तिनाउ गाउँपालिकास्थित झुम्सामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
सोमवार बेलुका बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ख २६१४ नम्बरको टिपरले विपरित दिशातर्फ जाँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक गुल्मीको छत्रकोट गाउँपालिका वडा नं. ३ हर्दिनेटाका ३० वर्षीय जीवन पन्तको उपचारका क्रममा मृत्यु भएको हो ।
सिद्धार्थ राजमार्ग अन्तरगत पर्ने उक्त स्थानमा गम्भीर गाई भएका पन्तको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता, प्रहरी नायक उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । तस्बिर सांकेतिक
Badigad Online