दिनेश शर्मा बडिगाड बाग्लुङ कार्तिक २१
भिमगिठे मा बि मा भएको शिक्षक सरुवा सम्बन्धमा आएको समस्या को सन्दर्भमा राष्ट्रिय दलित आयोग मा उजुरी पर्ने सम्भावना देखिएको छ। बडिगाड गाउपालिका वडा न २ घर भइ गल्कोट नगरपालिका अन्तर्गत को पान्डबखानी मा बि मा अध्यापनरत काशिराम बि क ले भिमगिठे मा.बि घरपायक सरुवा आउन चाहेको सन्दर्भमा भिमगिठे मा बि का प्र.अ सागर खरेल ले सरुवा गरि ल्याउन नमानी प्र.अ पदबाट राजिनामा दिएपछी भिमगिठे मा.बि अहिले बिबाद को घेरामा छ । यसैबिच एक कार्यक्रम मा भिमगिठे मा.बि का अभिभावक तथा दलित अधिकार्मि बिर बहादुर परियार ले यो निन्दनिय कार्य भएको भन्दै दलित आयोग जाने बताएका थिए भने आज एक बिज्ञप्ति प्रकाशित गर्दै बडिगाड दलित सन्जाल ले पनि उक्त कुरा दोहोर्याएको हो ।
बडिगाड दलित सन्जाल का अध्यक्ष टिपुरे सुनार द्वारा उक्त बिज्ञप्ति मा भनिएको छ । आदरणिय दाजुभाइ दिदिबहिनी हरु तथा सरोकारवाला सम्पुर्ण महानुभावहरु आजको २१ औ सताब्दिको यस समयसम्म आइपुग्दा र मानबिय सभ्यताले चरमचुली हासिल गरिसक्दापनि आजको दिनमा शिक्षाजस्तो पबित्र सेवा र ज्ञानगुण प्रदान गर्ने हाम्रो बिधालय जस्तो ठाउ श्री भिमगिठे मा बि मा लामो समयसम्म रिक्त रहि बिधार्थिको पठनपाठन पुर्ण रुपमा अबरुद्द भइरहेको अवस्थामा खालिरहेको नि मा बि तृतिय श्रेणिको सामाजिक बिषयको दरबन्दीमा एकजना समानतह श्रेणी र बिषयका शिक्षा शास्त्र सङ्काय तर्फबाट अर्थशास्त्र बिषयमा मास्टर डिग्री उत्तिर्ण गरिसकेका योग्य र स्थायी कार्यरत शिक्षक काशिराम बि क लाइ दलित को छोरो र फरक बैचारिक आस्था भएकै कारण ले निजले मिति २०७६/०४/ २७ मा आफुलाइ पायक पर्ने भएको ले सरुवा भइ आउनको लागी भिमगिठे मा बि मा निबेदन पेश गरेको अवस्थामा त्यस बिधालयका तत्कालिन प्र अ सागर खरेल ले कहिकतै बाट प्रमाणित र पुष्टी नभएको आधारहिन कुरा निज काशिराम बि क को नैतिक आचारण ठिक नभएको कपोकलपित र मनगढन्ते कारण देखाइ शिक्षक काशिराम बि क लाइ सरुवा सहमती दिन नसकिने गैरकानुनी अडान लिएर आफ्नो पदको चरम दुरुपयोग गर्दै एकजना दलित शिक्षक को घरपायक सरुवा भइ आउनपाउने अधिकार लाइ कुन्ठित पार्दै शिक्षक काशिराम बि क लाइ भिमगिठे मा बि मा आइ निजले निर्बाध रुपले पठन पाठन गर्न पाउने सेवा प्रबेश मै रोक लगाउने जस्तो निन्दनिय र छुवाछूत जस्तो मानबताबिरोधी अपराध गरिएको घटना प्रती हाम्रो सन्जालको गम्भीर ध्यानाकृष्ट भएको छ यस जमाना मा पनि दलित र गैरदलित का नाममा गरिएको यस्तो निन्दनिय मानबताबिरोधी र गैरकानुनी घटना को घोरभ्रत्सना र भन्डाफोर गर्दै आवश्यक परे यसका बिषयमा दलित आयोग मा समेत आयोग उठाउने र अपराधि लाइ कानुनको कठघरामा उभ्याउन पछि नपर्ने कुराको घोषणा गर्दै गहिरो दुख का साथ सर्बसाधारण सम्पुर्ण को जानकारी का लागी बडिगाड दलित सन्जालका तर्फदेखी यो प्रेस बिज्ञप्ति जारी गरिन्छ।
भनिएको छ।