बुर्तिबाङमा एक व्यक्तिको शव फेला

बुर्तिबाङमा एक व्यक्तिको शव फेला

Badigad Online
1 Min Read

ढोरपाटन : बागलुङको ढोरपाटन नगरपालिका-२ बुर्तिबाङ तारीखेतमा एक व्यक्तिको शव फेला परेको छ । ढोरपाटन–६ मोराङका अन्दाजी ५५ वर्षीय चेबो अदै तारीखेतस्थित बारीमा मृतावस्थामा फेला पर्नुभएको हो ।

तारीखेत छोरीको घरमा बस्दै आउनुभएका अदै मङ्गलबार साँझ करिब ७ बजेदेखि सम्पर्कविहीन हुनुभएको थियो ।

साँझ नै परिवारले खोजी गरे पनि नभेटिएको तर बिहान करिब ६ बजेको समयमा घर नजिकैको बारीमा फेला पारेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश अधिकारीले जानकारी दिनुभयो ।

अदैको मृत्यु कसरी भयो भन्ने बारेमा अहिलेसम्म यकिन नभएको र अनुसन्धान गरिरहेको अधिकारीले जानकारी दिनुभयो । शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित