- टोपलाल अर्याल
अहिले तम्घास बजारको सडक चौडा गर्ने काम भइरहेको छ । खाल्डा-खुल्डीको सास्ती भोगेका नागरिक खुसी छन् । तर, सडक चौडा गर्दा पेटी भत्किएका घरबेटीहरु भने मुर्मुरिएका छन् । केहि समय अवरोध र आलोचना निकै भयो । काम गर्न खोज्नेहरुलाई सजिलो त पक्कै छैन् । अरुका समाचार देखेर आनन्द आउँछ ।
आफ्नै समाचार बन्दा बसिटिक्न हुँदैन् । समाजमा अरुको भ्रष्टचार बाहिरिएको, अख्तियारले अर्कैलाई छापा मारेको र आफु बिग्रिएको भन्दा अर्को बनेकोमा पिरलो धेरै छ । काठमाण्डौमा बालेनले घरमा डोजर लगाउँदा वाइवाई गर्ने साहुजीहरु अहिले नगरका मेयर सापको सत्तोसराप गरेर बसेका छन् । काठमाण्डौमा मिचिएको टुकुचाको चर्चा गर्नेहरु तम्घास बजारको खोला नाप्न थालेपछि अझ कसो गर्ने होलान् । पार्टीका मान्छेपनि उस्तै छन् । बालेन र हर्कका समाचार शेयर गर्छन् । तर, तम्घासको उध्रेको सडक र पोखिएको कालोपत्रेसंग राजनीति गरिरहेका छन् ।
गणतन्त्रपछि नागरिक कर्तव्यको अवसान भयो । किनकी नागरिकले अधिकारका बाहेक कुरै गर्दैन् । अहिले कर्मचारी र जनप्रतिनिधी आलोचना नसक्ने भएका छन् । पहिले चोकहरुमा कर्तव्यका कुरा हुन्थे । अहिले जोरी खोज्नेहरु भेटिन्छन् । त्यसपछि भेटिने चाकरीबाजहरु हो । त्यस्ता नुन र गुनको सोझो गर्ने कर्मचारी पिए र झोलेहरुले नेतृत्वलाई आलोचना स्विकार्नभन्दा उत्तेजित हुन मलजल गरेका छन् ।
दुई दिन अघि निर्माण व्यावसायीले रातारात बजारमा कालो छरे । गाडीहरु बिहानै कालोपत्रे माथि कुँदे । समाजिक संजालमा चर्को बिरोध भयो । लाग्थ्यो त्यो ठेक्का ट्राफिकको हो । निर्माण व्यावसायीलाई असार सकिन थालेको पीर । नागरिकलाई सास्ती, मेयरलाई इज्जत र ट्राफिकलाई चोट । निर्माण व्यावसायीलाई अप्ठ्याराको के मतलब । स्थानीय जनप्रतिनिधी र ट्राफिकलाइ नसोधि अलकत्र छर्किए । समन्वय भन्ने कुरा पनि समाजमा मृत्यु नजिक छ । मनलाग्दी गर्न सवैलाई छुट छ । चोकचोकमा सडक अबरुद्ध भएका महिनादिन बढि भए । घरको पेटी भत्कियो ।
त्यतिकै पनि सुकेको व्यावसायमा धुलो लतपतिएको छ । एउटा चोकबाट निस्किएका सवारी साधन अर्को चोकबाट फर्किएको छ । उदिनढुङ्गा पुगेपछि फर्किदा त्यहि सडक थुनिएको हुन्छ । यो पनि सधै त हुँदैन की होइन र । बेला समय र उपयुक्त बिकल्प खोजौ न हजुर । निर्माण व्यावसायीले काम गर्न मन लागेको बेला मेयर सापको फोनले ट्राफिक कुन चोकबाट निस्कुस् बिचरा । सदरमुकाममा २० वटा चोक नौ ट्राफिक छन् । कुन चोकमा रसी टाँग्ने । कताकता सिट्टी फुक्ने । गाडी चेकिङ्ग, बाइपास, कार्यालय प्रशासन । उ पनि मान्छे होनी । खान पर्दैन । आराम हुँदैन । तर, अन्तितमा हाकिम, सरकार र स्थानीयको तगारो त्यहि बिचरो ट्राफिक परिरहेको छ ।
तम्घास बजार सधैको साँघुरो हो । ट्राफिक व्यावस्थापनको चुनौति पछिल्लो दशकदेखिकै हो । ट्राफिक व्यावस्थापनको लागि पार्किङ्ग दिन बाँडेर एकतर्फी बनाइएको छ । लोड र अनलोडको समय बिभाजन गरिएको छ । प्रहरीले सवारी पार्किङ्ग निषेध बोड बनाएको छ । त्यो बोर्ड एकदिन दाँया र अर्कोदिन बाँया राखिन्छ । तर, बजारका साहुजीहरु बिहान पसल अगाडीको बोर्ड सार्न ट्राफिक कुर्छन् । उनीहरुनै हो ट्राफिक व्यावस्थापनको बारेमा चोक, गल्ली र सभा तथा संजालमा कुर्लिने ।
अन्जानमा कहिलेकाँही गल्ती मैले पनि गर्छु । त्यो हरेक मान्छेले गर्छन् । तर, कर्तव्य जानेर बिर्सनुहुँदैन् । बिहान पसल अगाडीको धुलोमा पानी छर्किन ठेक्दारको ट्ंयाकर कुर्न पर्ने अवस्था बजारमा छ र । ट्राफिक प्रहरीको अहिलेको नेतृत्व उर्जावान छ । ट्राफिक प्रमुख कृष्णप्रसाद आर्चाय भन्छन्, म हुर्किएर पढेकाले गुल्मीसंगै तम्घासको माया बढि भएकाले दौडिरहेको छु । उनले म संगैको कैयौ संवादमा बजारबासीको प्रवृतिको बिषयमा दुखेसो पोखेका छन् ।
आचार्यले सधै भन्छन्, बजारको सडक मात्रै होइन मान्छेका मानसिकता पनि झन साँघुरो छन् । उनले बिहानमा पसल अगाडीको बोर्ड नसार्ने साहुजीहरुले सुन्दर शहरको कल्पना नगर्दा हुने बताए । कम श्रोत र साधनकाबिच ट्राफिकलाई मात्रै अप्ठ्यारोमा पारेर नहुने आचार्यको तर्क छ । उनले पार्किङ्गको बिकल्प नहुँदा सवारीधनीलाई मात्रै खेदेर नहुने र बजारको बैकल्पिक सडक नहुँदासम्म थुनेर मात्रै नसकिने बताए ।