अनिष पाठक, बागलुङ । जागै, जगाऔ र जोगाऔ अभियान अन्तर्गत बडिगाड गाँउपालिकामा महिला शसक्तिकरण तथा सक्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । चारतारे युवा कल्व (सिवाईसी नेपाल) को सहयोग तथा बडिगाड गाँउपालिकाको आयोजनामा बुधबार बडिगाड ५ खारा र आज बडिगाड २ खर्वाङमा दुई दिने कार्यक्रम सम्पन्न भएको पालिकाले जनाएको छ ।
आज खर्वाङमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक योगेन्द्र खड्काले लागुपदार्थ दृव्र्वयशन, तथा नियन्त्रणमा परिवारको भुमिका, एनमा भएका कानुनका विषय तथा लागुपदार्थका परिकारका विषयमा सहभागिलाई जानकारी गराएका थिए ।
उपरीक्षक खड्काले पछिल्लो समय विभिन्न गैरकानुुनी माध्यमबाट गाँउघरमा समेत लागुपदार्थको प्रयोग बढेको भन्दै त्यसमा १५ देखि ३५ वर्षका युवा बढि सकृय हुने गरेको भन्दै परिवारले चनाखो भएर आफ्ना छोराछोरीको हर्कतको निगरानी गर्नुप्रर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रमको साझेदार संस्था सिवाईसी नेपालका अध्यक्ष चण्डीप्रसाद शर्माले महिलाहरुमा अब जागरण मात्र नभई नेतृत्वदायि परिवर्तन आवश्यक रहेको बताए । कार्यक्रमको अबसरमा गरिवि निवारणको लागि महिलाले आफुभित्रको शक्ती पहिचान गर्दै सामाजिक कार्यको नेतृत्व गर्न समेत उनले आग्रह गरे ।
यस्तै महिला हिंशाको बारेमा चर्चा गर्दै बडिगाड गाँउपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले अझै पनि महिलाहरु घरभित्रका अनेकौं दमन सहन बाध्यभएको भन्दै कतिपय स्थानमा परिवार र श्रीमानको डरकै कारण महिला घरभित्रैका काममा मात्र सिमित भएको बताईन् ।
आफु पालिका अध्यक्ष हुदैगर्दा पनि अनेकौं कसरतले कयौ नेताहरुबाट टिकट लिन सफल भएको सुनाउदै अधिकारीले भनिन् “म पालिका अधयक्ष हुदैगर्दा पनि कहि कतै म पनि राजनितिक तथा मानसिक हिंसामा बेलाबखतमा पर्ने गरेकि छु भने अन्य महिला दिदिबैनीको अबस्था के होला ? उनले प्रश्न गर्दै थपिन्न पछिल्लो समय घरायसी हिसांमा महिला जस्तै साईवर हिंसामा पुरुष पनि प्रर्ने गरेका छन । यस्ता हिसांमा दोषि जो सुकै भएपनि जोगाउन हुदैन ।”
सो अबसरमा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मर बहादुर थापा, बडिगाड गाँउपालिका उपाध्यक्ष भिमसेन वन, वडाध्यक्ष ढाल प्रसाद शेरचन, खड्ग बहादुर पुन लगाएतले महिला घरमै समित हुनुपर्छ भन्ने मान्यता तोडेर आफ्नो खर्च आफै गर्न सक्ने गरि आत्मनिर्भर हुन तथा नेतृत्वदायि भुमिकामा पनि सर्किय भएर सहभागि बन्नुप्रर्नेमा जोड दिएका थिए ।