आफ्नै घरमा दम्पति मृत अवस्थामा फेला

आफ्नै घरमा दम्पति मृत अवस्थामा फेला

Badigad Online
1 Min Read

हेटौँडा : मकवानपुरको हेटौँडामा वृद्ध उमेरका श्रीमान्–श्रीमती नै पासो लगाएको अवस्थामा मृत भेटिएका छन् ।

मकवानपुुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी टेकबहादुर कार्कीका अनुसार हेटौँडा उपमहानगरपालिका वडा नम्बर १, चाइनाक्वाटर भन्ने ठाउँस्थित आफ्नै घरभित्र अन्दाजी ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी पत्नी ७४ वर्षीया नन्दकुमारी दाहाल झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

‘तीनतले पक्की घरको सबैभन्दा माथिल्लो तलामा रहेको पूजाकोठामा फलामको ट्रसमा करिब ३ मिटरको फरकमा गम्छाले पासो लगाइएको अवस्थामा दुवैजना मृत भेटिएका हुन्’, डीएसपी कार्कीले भने, ‘पोस्टमार्टमका लागि शव हेटौँडा अस्पताल पठाएका छौँ, त्यसको रिपोर्ट आएपछि मृत्युको कारण खुल्ला ।’

छोरा-बुहारीसँग बस्ने उनीहरूले आत्महत्या गरेका हुन् वा अर्कै केही हो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए । ‘अहिले सबै कुरा भन्न मिल्दैन, अनुसन्धान भइरहेको छ’, उनले भने ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित