विमान दुर्घटनामा परी बेपत्ता ४ बालबालिका ४० दिनपछि जीवितै भेटिए

विमान दुर्घटनामा परी बेपत्ता ४ बालबालिका ४० दिनपछि जीवितै भेटिए

Badigad Online
1 Min Read

एजेन्सी : कोलम्बियामा भएको विमान दुर्घटनामा परी बेपत्ता चार बालबालिका ४० दिनपछि जंगलमा जीवितै फेला परेका छन्।

यो विमान दुर्घटना गत मे १ मा अमेजनको जंगलमा भएको थियो। दुर्घटनामा यी चार भाइबैनी, उनीहरूका आमा, पाइलट र को–पाइलटसहित विमानमा सवार थिए। बालबालिकाको उमेर १३, ९, ४ र १ वर्ष छन्।

दुर्घटनामा बालबालिकाकी आमा र अन्य व्यक्तिको मृत्यु भएको थियो। चार बालबालिका भने जीवितै फेला परेका हुन्। ती बालबालिकालाई जंगलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्‍याइएको छ।

बच्चाहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको छ। कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले हप्ताको लामो खोजीपछि बालबालिका फेला पर्न पाउनु सिंगो देशका लागि खुसीको कुरा भएको बताए।

विमान दुर्घटनाको ४० दिनपछि जंगलमा जीवितै भेटिएका बालकालिकाको उद्धार गरिँदै। तस्बिर : रोयटर्स

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित