१५ वर्षीय बालिकालाई करणी गर्ने बागलुङका एक युवालाई १० वर्ष कैद

१५ वर्षीय बालिकालाई करणी गर्ने बागलुङका एक युवालाई १० वर्ष कैद

Badigad Online
1 Min Read

बागलुङ । बागलुङका एक युवालाई बालिका बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजाय भएको छ ।

जिल्लाको ताराखोला गाउँपालिका वडा नं -५ का २१ वर्षीय प्रकाश भनिने लोकबहादुर घर्तीलाई १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधिश दिवाकर भट्टको ०८० जेठ २५ गतेको आदेशले घर्तीलाई कैदसँगै ५ लाख रुपैयाँ जरिवाना र २० हजार रुपैयाँ क्षतीपूर्ती फैसला गरेको जिल्ला अदालत बागलुङका इजालाश अधिकृत गंगाधर सापकोटाले जानकारी दिनुभयो ।

०७९ साउन ५ गते विद्यालयबाट फर्किर्दै गरेकी बालिकलाई ताराखोलाको जंगलमा बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ८ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । प्रहरीले घर्ती विरुद्ध भदौ ३० गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी कसुर शिर्षकमा मुद्दा दर्ता गरेको थियो ।

आरोपित घर्ती जिल्ला अदालत बागलुङको भदौ ३१ गतेको आदेशले पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा रहेका थिए ।

पीडित बालिकाको भदौ ७ गते धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परिक्षण गरिएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित