काठमाडौं : रास्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफ्नो विवाहकाबारे समाजिक सञ्जालमा अनर्गल प्रचार गर्नेविरुद्ध कानूनी कारबाहीमा जाने चेतावनी दिएकी छन् ।
एक पडकास्टमा उनले आफूविरुद्ध अनर्गल प्रचार गरेको र आफूलाई सोध्दै नसोधी चरित्रहत्या गरिएको भन्दै जो-जसले यस्तो गरेका छन् उनीहरू विरुद्ध कानूनी कारबाहीमा जाने बताएकी हुन् ।
‘जो जसले नभएका कथा बुनेर लेखेका छन्, सबैबारे नोट डाउन गरेको छु । यो देशमा कानून छ । कानूनी कारबाहीमा जान्छु ।’
आफू जापान भ्रमणमा रहँदा यता नेपालमा आफ्नो विवाहबारे अनर्गल प्रचार फैलिएको र बुवाले फोन गरेर आमा मरी भने थाहा छैन भनेर फोन गरेको भन्दै उनी भावुक बनिन् ।
उनले यसबीचमा सामाजिक सन्जाल ट्विटर निस्क्रिय बसेको बताइन् । ट्विटरमा बौद्धिक दरिद्रता धेरै रहेको र अट्याक गर्नुपरेमा फेक आइडी बनाएर अट्याक हुने गरेको भन्दै यस्तो अवस्थामा ट्विटर विषालु हुने भएकाले निस्क्रियय बसेको उनलेे बताइन् ।
सोविताले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी थिइन् । चितवनका गृहेन्द्र र सोविताको विवाह भएको सार्वजनिक भएसँगै सोवितामाथि सामाजिक सन्जालमा आक्रमण बढेको थियो ।
गृहेन्द्रको यो दोस्रो विवाह हो । पहिलो विवाह असफल भएसँगै १० वर्ष अगाडि नै उनको सम्बन्धविच्छेद भएको बुझिएको छ । तर, सोविताको कारण सम्बन्ध विच्छेद भएको भन्दै उनीमाथि साइबर बुलिङ र साइबर आक्रमण बढेको थियो ।