अनिष पाठक,बागलुङ । शनिबार हावाहुरी सहितको वर्षाका कारण बडिगाडका विभिन्न ठाउँमा क्षति पुगेको छ ।
बडिगाड गाउँपालिका वडा नं १ दगातुम्डाँडामा हावाहुरीका कारण विद्यालय, बाटो तथा मकैवालीमा गरि लाखौको क्षति भएको वडाध्यक्ष बोम बहादुर थापाले जनाकारी दिए ।
वडाध्यक्ष थापाको अनुशार दगातुम्डाँडाको दगा प्राविको कार्यालय सहितको २ कोठे भवनको छानो उडाएको छ । विद्यालयको छानो उडाउँदा पठनपाठन सञ्चालनमा समेत समस्या भएको उनले बताए । थापाले वर्खाको समय समेत सुरु हुन लागेको भन्दै प्रहरीले क्षतीको मुचुल्का उठाएको र सोमबारबाट विद्यालयको छानो व्यवस्थापनको लागि पालिका जाने तयारी गरिएको जानकारी दिए ।
यस्तै हावाहुरी सहितको पानिको कारण उपल्लो हमेल भट्टेनी जाने सडक समेत अबरुद्ध भएको वडाध्यक्ष थापाले जानकारी दिएका छन । उनका अनुशार भट्टेनी भन्ने स्थानमा पहिरो जाँदा हिडडुल गर्न समेत नमिल्ने गरि सडक अबरुद्ध भएको छ ।
हावाहुरीकै कारण त्यहाँ मकैवालीमा समेत क्षती पुगेको छ । “पाक्न लागेका मकैका बोट भुईमै सुतेका छन । वडाध्यक्ष बोम बहादुर थापाले भने ठ्याक्कै यतिनै क्षति भयो भनेर विवरण संकलन भने भएको छैन । तर मकै वालिमा क्षती पुगेको कृषकले वडामा जानकारी दिनुभएको छ ।”