गुल्मीमा लम्पिस्कीन रोगले १ सय ५० पशुचौपाया मरे

गुल्मीमा लम्पिस्कीन रोगले १ सय ५० पशुचौपाया मरे

Badigad Online
1 Min Read

गुल्मी : पछिल्लो समय लम्पि स्किन रोगको सङ्क्रमणका कारण गुल्मीमा १५० गाईगोरु मरेका छन् ।

जिल्लाका १२ वटै स्थानीय तहमा फैलिएको उक्त रोगका कारण १५० गाईगोरु मरेको र करिब पाँच हजार पशु सङ्क्रमण भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख डा. भरत काफ्लेले जानकारी दिनुभयो ।

सुरुमा पशुमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागहरूमा गिर्खा आउने र पाक्ने जस्ता लक्षणहरू देखा पर्ने गरेको उहाँले बताउनुभयो । पशुहरूमा देखिएको उक्त रोग लामखुट्टे र झिँगाबाट सर्ने गर्दछ ।

यो रोग विशेष गरी गाईगोरुमा देखा परेको र भैँसीहरूमा बिरलै भएको काफ्लेको भनाइ छ । दूध दिने गाईहरूमा उक्त रोग देखा परेपश्चात् आधा जति दूधमा कमी आएको कार्यालयले जनाएको छ ।

लम्पी स्किप रोगको सङ्क्रमणका कारण १० प्रतिशत पशुहरूको मृत्युदर हुने सम्भावना रहेको काफ्लेले बताउनुभयो । उक्त रोग न्यूनीकरण गर्नका लागि कार्यालयले प्राविधिक र विज्ञ सेवा प्रदान गर्दै आएको छ ।

कार्यालयमा बजेट नभएकाले स्थानीय तहहरूसँग सहजीकरण गरी आफूहरूले प्राविधिक र विज्ञ सेवाहरू प्रदान गर्दै आएको काफ्लेले बताउनुभयो । स्थानीय तहहरूको सहयोगमा पशुहरूमा करिब २५ लाख रुपियाँ बराबरको औषधि र भ्याक्सिन लगाइएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित