बागलुङमा क्रूर हत्या र बलात्कार गर्ने युवालाई जन्मकैदको फैसला

बागलुङमा क्रूर हत्या र बलात्कार गर्ने युवालाई जन्मकैदको फैसला

Badigad Online
1 Min Read

गलकोट,रासस : चालीस वर्षीया महिलालाई क्रूर तरिकाले हत्या र बलात्कार गर्ने एक युवालाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला गरेको छ ।

बागलुङ नगरपालिका-१ रामरेखा माझीबस्तीकी फुलमाया माझीलाई क्रूर हत्यापश्चात् बलात्कार गरी गरगहनासमेत लुटपाट गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका २६ वर्षीय प्रकाश अधिकारीलाई जिल्ला अदालतले जन्मकैद सुनाएको हो ।

माझीलाई सलको पासो लगाएर हत्या गरेपश्चात बलात्कार गर्ने र गरगहना लुट्ने प्रकाशलाई जन्मकैद सुनाइएको हो । जिल्ला न्यायाधीश दिवाकर भट्टको आजको इजलासले जन्मकैद फैसला गरेको इजलास अधिकृत गङ्गाधर सापकोटाले जानकारी दिनुभयो ।

विसं २०७९ असोज ३० गते बिहान घरबाट ज्यालामजदुरी गर्न निस्किएकी फुलमाया सोही साँझ बागलुङ नगरपालिका-१ स्थित गणेश घुम्टीमा मृत फेला परेकी थिइन् ।

अनुसन्धानका क्रममा सिसी टिभी फुटेजलाई आधार मान्दा शङ्कास्पद देखिएपछि प्रहरीले कात्तिक ४ गते मृतक फुलमायाकै छिमेकी प्रकाशलाई पक्राउ गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा अधिकारीले लुटपाटका लागि फुलमायाको हत्या गरे पनि हत्यापछि आवेगमा बलात्कारसमेत गरेको स्वीकार गरेका थिए ।

प्रहरीले २०७९ साल कात्तिक २९ गते जिल्ला अदालत बागलुङमा कर्तव्य ज्यान, जबरजस्ती करणी र डाँका चोरी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित