प्रभातको अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी

प्रभातको अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी

Badigad Online
3 Min Read

बेनी : जिल्ला प्रहरी म्याग्दीले बागलुङका भल्गर र मोटरसाइकल राइडर प्रभात बसेलमाथिको अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा बु्झाउने अन्तिम तयारी गरेको छ ।

जवरजस्ती करणी, अपहरण र शरीर बन्धक सम्बन्धी मुद्दामा २४ दिनदेखि हिरातमा रहेका बसेलको म्याग्दी र कास्की प्रहरीमा भएको अनुसन्धानपछि मंगलबार प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

प्रहरीले बयान तथा अनुसन्धानमा उपलब्ध विवरणसहितको घटनाको निष्कर्ष निकालेको र रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि अब अदालती प्रक्रियामा प्रवेश गरेको छ । बागलुङ नगरपालिका–९,तित्याङका २३ वर्षीय प्रभात बसेललाई यही जेठ ७ गते पोखराबाट पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासतमा राखिएको थियो ।

‘हामीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा बुझाउँदैछौँ,’ प्रहरी नायव उपरीक्षक मदन कुँवरले भने । हिरासतमा लिएको २५ दिनभित्र जिल्ला अदालतमा पेश गर्नुपर्ने छ। बसेलका आफन्त, सामाजिक सञ्जालका समर्थक र दलित अगुवाहरुले बिना सर्त रिहाइको माग गर्दै देशैभर प्रदर्शन गरिरहेका छन् ।

१५ दिन भारतको कलकत्तामा दुई जना सँगै बसेर केटीका अभिभावकले स्विकार गर्छाँै भनेर बोलाएर केटा, केटीलाई छुट्टाएका र पछि केटीलाई उपचालेर प्रभातविरुद्ध मुद्दा हाल्न लगाएको प्रभात पक्षको आरोप छ भने जायरवाला यूवतीका परिवारले भने आरोप अस्वीकार गदैं आइरहेका छन् । सामाजिक सञ्जाल, फोन तथा अन्य विभिन्न माध्यमबाट धम्काउने, निरन्तर मानसिक तनाव दिएपछि प्रहरीमा निवेदन दिएको उनीहरुको भनाइ छ । बसेलका साथीहरुले प्रेमसम्बन्धमा रहेकाले आरोप फिर्ता लिइअलग बस्ने वातावरण बनाउन माग गरेका छन्् ।

पीडित यूवतीलाई आरोपितले ०७९ फागुन ६ गते अपहरण गरेर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरीका दिएकी थिइन् । प्रभात ३ वर्षदेखि बेनीको एक इन्टरनेट सेवा प्रदायक कम्पनीमा प्राविधिकको रुपमा काम गर्दै आएका थिए ।आमाको मृत्यु र बुवाले दोस्रो विवाह गरेपछि बागलुङ आएका प्रभात कामको खोजीमा बेनी आएका थिए । अहिले सामाजिक सञ्जालमा बसेलको न्यायका लागि धेरै आवाज उठेको छ भने अधिकारकर्मीले कानूनी प्रक्रियबाट निस्पक्ष छानविन गरी दुबैलाई न्याय दिन अनुरोध गरेका छन् ।

दलित अगुवाहरुले जातियताकै अधारमा अलग बनाउन खोजेको बताइरहेका छन् भने पीडित पक्षले जातियभन्दा मानशिक पीडाका कारण कानुनी उपचार खोजेको बताएका छन् ।प्रभातको आमा र दुई जना भाइको २०७२ को भूकम्पमा परेर काठमाडौमा मृत्यु भएको थियो ।यो दावीलाई भने पीडित यूवतीले ठाडै अस्वीकार गरेकी छन्।

प्रभात ३ वर्षदेखि बेनीको एक इन्टरनेट सेवा प्रदायक कम्पनीमा प्राविधिकको रुपमा काम गर्दै आएका थिए ।आमाको मृत्यु र बुवाले दोस्रो विवाह गरेपछि बागलुङ आएका प्रभात कामको खोजीमा बेनी आएका थिए । प्रभातका शुभचिन्तकले अलग भएर बस्ने वातावरण बनाउँदै दुबैलाई आफ्नो भविष्य बनाउन दिने वातावरण बनाउन सार्वजनिक अपील गरेका छन् ।पीडित यूवती र प्रभातको सुन्दर भविष्य रहेकाले दुबैलाई न्याय हुने गरी अगाडी बढ्न अपिल गरेका छन् । ढोरपाटन

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित