सागर भण्डारी, बडिगाड । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बडिगाड गाउँपालिकामा पालिका स्तरीय समितिको गठन गरेको छ ।
बिहिवार बडिगाडमा रास्वपाका समर्थकहरुको भेलाले रमेश घिमिरेको अध्यक्षतामा बडिगाड गाउँपालिका स्तरीय समिति निर्माण गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा सिता लामिछाने, सचिवमा सुनिल जिसी र सदस्यहरुमा कमल प्रसाद खरेल, हरिचन्द्र घिमिरे, उमनाथ पोखरेल, टोपनारायण आचार्य, कृष्ण भट्टराई, टिकाराम घिमिरे, चुरा बहादुर बि.क, पुनम बि.क, धर्मराम घिमिरे, मानकुमार काउचा घर्ती, दिपक श्रेष्ठ, कालिका खत्री बोहारा र दामुदार आचार्य लगायत रहनुभएको छ ।
भेलाले पार्टीको कार्यालय समेत स्थापना गर्ने निणर्य गरेको छ । जसअनुसार पार्टी अध्यक्ष रमेश घिमिरेको निवास बडिगाड गाउँपालिका ५ खार बजारमा पार्टी कार्यालय स्थापना गरी औपचारिक रुपमा समुद्घाटन गर्ने कार्यक्रम रहेको बताईएको छ ।