बडिगाडका कृषकलाई राँगो, बाख्रा र त्रिपाल वितरण

बडिगाडका कृषकलाई राँगो, बाख्रा र त्रिपाल वितरण

Badigad Online
1 Min Read

सागर भण्डारी, बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाका कृषकहरुलाई पशु चौपायाँ र कृषि सामाग्री वितरण गरिएको छ । गाउँपालिकाले वडा नं ८ का कृषकहरुलाई बाख्रा, राँगा र त्रिपाल वितरण गरेको हो ।

गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गत स्वीकृत विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रमबाट कृषि ज्ञान केन्द्र बागलुङको ९० प्रतिशत अनुदानमा कृषकहलाई पशुचौपाया र कृषि सामाग्री वितरण गरिएको हो ।

बागलुङको बडिगाड गाउँपालिका वडा नं. ८ को रणसिंकिटेनीमा सञ्चालित मुख्यमन्त्री कृषि कार्यक्रम मार्फत २० जना कृषकलाई त्रिपाल, १ सय २० वटा बाख्रा र २ वटा बोयर राँगो वितरण गरिएको हो ।

रणसिंकिटेनीको भेडीखोरमा जानजाती र दलीत समुदायका बिपन्न बस्ती छ । दलीत र बिपन्न बस्तीमा सानो लगानी अभावमा कृषि उद्यम संचालन गर्न कठिनाइ भएको गुनासो आएपछि केन्द्रले यो अभियान थालेको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापा, बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, उपप्रमुख भिमसेन वन लगायतको उपस्थिति रहेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित