इमेज सहकारीका सञ्चालक र कर्मचारी नियन्त्रणमा

इमेज सहकारीका सञ्चालक र कर्मचारी नियन्त्रणमा

Badigad Online
1 Min Read

बागलुङ: बचतकर्ताको अर्बाै रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले इमेज बचत तथा ऋण सहकारीका एक जना सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको छ ।

बागलुङ जिल्लाका बिभिन्न ठाउँबाट उनीहरु पक्राउ परेका हुन् । सहकारीका सञ्चालक सदस्य रहेका चित्रबहादुर भण्डारी पक्राउ परेका छन् । उनलाई प्रहरीले ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारबाट पक्राउ गरेको हो ।

बिहिबार बिहान पक्राउ परेका भण्डारीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याईएको छ । शुक्रबार इमेज सहकारीका कर्मचारी लालमती रोकालाई प्रहरीले ताराखोलाबाट पक्राउ गरेको छ ।

कर्मचारी रोकालाई पनि शुक्रबारै जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको छ । उनीहरु बिरुद्ध सहकारी ऐन अन्तर्गतको कसुर गरेको आरोप छ । भण्डारीको अनुसन्धानका लागि जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ ।

त्यस्तै रोकालाई म्याद थपका लागि आईतबार मात्रै जिल्ला अदालत पेश गरिने प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए । अन्य सञ्चालक तथा कर्मचारीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

बागलुङ बजारमा मुख्य कार्यालय रहेको इमेज सहकारीले गलकोट, बुर्तिबाङ लगायतका शाखाबाट खर्बाै रुपैयाँ हिनामिना गरेको छ । सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपाली जेठ पहिलो सातादेखि सम्पर्कबिहिन छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित