गुल्मीमा खेतको कान्लाबाट लडेर एक कृषकको मृत्यु

गुल्मीमा खेतको कान्लाबाट लडेर एक कृषकको मृत्यु

Badigad Online
1 Min Read

मनोज पाण्डे, गुल्मी । जिल्लाको मालिका गाउँपालिका-८ द्वाघासका ५३ वर्षीय टोप बहादुर बानियाको ज्यान खेतको कान्लाबाट लडेर मृत्यु भएको छ ।

बिहिवार दिउँसो करिब तीन बजेको समयमा खेतमा धानको बिउमा पानी लगाउन हिडेका बानियालाई शुक्रवार बिहान परिवारले खेतको कान्लामा मृत फेला पारेका थिए ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मी लगिएको छ ।

मदिरा अत्याधिक पिएका कारण उनी खेलमै सुतेको र विहान परिवारले मृत भेटेको प्रहरीले जनाएको छ । मृतकका दुई छोरा, दुई छोरी रहेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित