मनोज पाण्डे , बडिगाड । बागलुङको बडिगाड गाउँपालिकामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।
गाउँपालिकाको वडा नं ४ जलजलाका दुर्गा काउचाको भीरबाट लडेर मृत्यु भएको बडिगाड गाउँपालिका वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो ।
लबधी खोला सिँचाइ कुलोको बाँध नजिकै भिरबाट खसेका उनको घटनास्थलमै ज्यान गएको हो ।
Badigad Online