बडिगाडको एकीकृत ग्रामीण मोबाईल स्वास्थ्य सेवा नेटाखर्कमा

बडिगाडको एकीकृत ग्रामीण मोबाईल स्वास्थ्य सेवा नेटाखर्कमा

Badigad Online
2 Min Read

सागर भण्डारी, बडिगाड । बागलुङको बडिगाड गाउँपालिकाको एकीकृत ग्रामीण मोबाईल स्वास्थ्य सेवा कार्यक्रम वडा नं ८ नेटाखर्कमा सम्पन्न भएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले चालु आर्थिक वर्षमा महत्पूर्ण कार्यक्रमको सुरुवात गरेको उक्त कार्यक्रम मार्फत गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले नेटाखर्कमा पुगेर विभिन्न स्वास्थ्य चेकजाँच, उपचार तथा परामर्श दिएका छन् ।

जसमध्ये ५ जना गर्भवती महिलाको निशुल्क भिडियो एक्सरे, ३५ जनाको मधुमेहका लागि रगत जाँच, १ जनालाई परिवार नियोजन सम्बन्धी ईम्प्लान्ट सेवा, ७ जनालाई पिएमटिसीटी जाँच र १५ जना संकास्पद विरामीहरुको खकार नमुना संकलन तथा ८७ जनाको स्वास्थ्य जाँच र उपचार सेवा प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य सयोंजक बिपेन्द्र केसीले जानकारी दिनुभयो ।

यस्तै सोही अवसरमा गाउँपालिका अध्यक्षसगं स्वास्थ्य बिमा कार्यक्रम मार्फत २५ जनाको निशुल्क स्वास्थ्य बिमा गरिएको उहाँले बताउनुभयो ।

भौगोलिक रूपमा विकट रहेको बडिगाड गाउँपालिकाले मातृ तथा शिशु मृत्युदर घटाउँदै जिरो ‘होम डेलिभरी’ गराउने र लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले चालु आर्थिक वर्षदेखि गाउँपालिकाभर एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम ल्याएको हो ।

स्वास्थ्य शाखाले प्रत्येक महिना वडा कार्यालय, स्वास्थ्य चौकी, गाउँघर क्लिनिक र खोप क्लिनिकमा पुगेर एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रमको सम्पूणर् सेवा प्रदान गर्दै आईरहेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।

यस कार्यक्रम अन्तर्गत गर्भवती महिलाको निशुल्क स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, रगत परीक्षण, बालबालिकाको तौल अनुगमन, स्वास्थ्य जाँच, उपचार तथा परामर्श, पाठेघरको मुखको क्यान्सरको जाँच, परिवार नियोजन सम्बन्धी सेवा, शङ्कास्पद बिरामीको खकार नमुना सकंलन गर्ने गरिएको छ ।

विभिन्न समयमा १० वटै वडामा पुगेर स्वास्थ्य सचेतना एवम् उल्लेखित स्वास्थ्य सेवा गर्ने गरिएको प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित