कार्तिक २१ गतेका दिन नेपाल कम्युनिष्ट पार्टी नेकपाले विद्यालयलाई लडाईको मैदान बनाउन खोज्नेहरु नै बिद्यालयमा पर्न सक्ने सम्भावित दुर्घटनाको भागेदार हुनुपर्दछ प्रेस बिज्ञप्ती निकालेको छ जसमा यस्तो लेखिएको छ |
यस बडिगाड ७, स्थित भीमगिठे माध्यामिक विद्यालयका तत्कालिन नि.मा.वि तृतीय श्रेणीका स्थायी सामाजिक शिक्षक कोपिल रेग्मी को सरुवा भए पश्चात करिव २ महिना सम्म बिधालयमा रिक्त दरवन्दीमा अर्थशास्त्र विषयबाट स्नातकोत्तर योग्यतामा भएका नि.मा.वि स्थाई शिक्षक कासिराम बिकलाई सरुवा गर्न राजनीतिक तथा जातीय पुर्वागर ले बिधालयमा निवर्तमान प्र.अ सागर खरेल तथा नेपालि कांग्रेस निकट बिधालय व्यावस्थापन समिति सदस्य ले बिधालयको हित बिपरित अस्विकार गरेको सन्दर्भमा स्वैच्छिक लिखित राजिनामा पटक पटक दिएको र तत्कालिन प्र.अ सागर खरेल स्वयम ले राजिनामा स्वीकृत गर्न दवाव दिएकोले बि.व्य.स अध्यक्ष नर ब. क्षेत्री बाट राजिनामा स्वीकृत गरि बडिगाड गॉउपालिकाले समेत सदर गरेको तथ्य सर्वबित्तित्तै छ | नया प्र.अ नियुक्ति गरि बिधालायालाई प्रशासनिक नेतृत्त्व दिने समयमा विधालयका नि.प्र.अ तिल ब. थापाले अभिभावक भेलाको नाममा मिति २०७६/०७/१९ गते केहि अभिभावक तथा धेरै नेपाली काङ्ग्रेस निकट गैर अभिभावक बोलाएर अपराधिक मानिसकताका केहि व्यक्तिलाई अध्यक्ष माथि गरिएको आक्रमण तथा दुर्व्यावार प्रति नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बडिगाड कमिटि द्वारा घोर निन्दा गर्दछ | आफु खुसी राजिनामा दिने प्र.अ लाइ जवर्जस्ती पदमा टासिन उत्प्रेरित गर्ने नेपाली कांग्रेसका केहि अराजक तथा अनैतिक व्यक्तिको मुल्यांकन इतिहासले राम्रै गर्नेछ | स्थानीय सरकारको निर्णयलाई समेत चुनौती दिदै बिधालयलाई लडाईको मैदान बनाउन खोज्नेहरु नै बिधालयमा पर्न सक्ने सम्भावित दुर्घटनाको भागेदार हुनुपर्दछ | अन्त्यमा नया प्र.अ. नियुक्ति को लागि बिधी र प्रक्रियाबाट सहमतिका साथ अगाडी बढ्न सबैमा हार्दिक अपिल गर्दछौ |