चितवन :नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोटबाट बेपत्ता भएकी ३७ वर्षीय तारादेवी पौडल पराजुली मृत अवस्थामा फेला परेकी छन् । असार ६ गते राति अन्दाजी १२ बजेदेखि घरबाटै बेपत्ता भएकी पौडलको शव हिजो साँझ नारायणी नदीमा फेला परेको हो ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार गैँडाकोट नगरपालिका–५ स्थित नारायणी एडभेन्चर रिसोर्ट नजिकै नारायणी नदी किनारमा उनको शव भेटिएको हो । पौडेलले किन आ त्मह त्याको बाटो रोजिन् भन्ने विषयमा कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
उनको शव पोष्ट मार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । मृतक पौडलका श्रीमान, एकछोरा र एक छोरी रहेका छन् । उनको मृत्युले परिवारमा सन्नाटा छाएको छ ।
गैँडाकोट नगरपालिका–४ सहजचोक बस्दै आएको पौडल परिवारले स्टेशनरी व्यवसाय गर्दै आएको छ । मृतकका श्रीमान ख्यामनारायण पराजुली नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष हुन् ।