बागलुङमा चट्याङ लागेर दुई बालबालिकाको मृत्यु

बागलुङमा चट्याङ लागेर दुई बालबालिकाको मृत्यु

Badigad Online
1 Min Read

बागलुङ : बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका -५ मा चट्याङ लागेर दुई जना बालबालिकाको मृत्यु भएको छ ।

शनिबार राति वर्षासँगै परेको चट्याङले ढोरपाटन नगरपालिका -५ पाखापानीका एकैघरका दुई जना बालबालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो ।

केसीका अनुसार स्थानीय चित्रबहादुर विकको घरमा शनिबार राति ८ः३० बजे चट्याङ पर्दा ६ वर्षीय छोरा दिनेश विक र ९ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो भने चट्याङ लागेर बालबालिकाको आमा यमकुमारी विक घाइते हुनुभएको छ ।

केसीका अनुसार रातभर ठूलो पानी परेकाले घटनास्थलतर्फ प्रहरी गइसकेको भएपनि थप विवरण आउन बाँकी रहेको छ । चट्याङले घर नजिकै बाँधेको एक भैसी समेत मरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित