कमल पौडेल, बागलुङ : बडिगाड गाउँपालिकाले आगामि आर्थिक बर्षका लागि ६७ करोड १९ लाख ६४ हजार बराबरको बजेट तथा ल्याएको छ । आईतबार १३ औं गाउँसभामा आर्थिक वर्ष २०८०/८१ को लागि गाउँपालिका उपाध्यक्ष भिमसेन बनले प्रस्तुत गरेको बजेट पारित भएको हो ।
बडिगाड गाउँपालिकाको आन्तरिक राजश्वबाट एक करोड ५० लाख, नेपाल सरकारको राजश्व बाँडफाँडबाट १० करोड ७७ लाख ७७ हजार, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ८८ लाख ४० हजार, चालु वर्षको नगद मौज्दातबाट २ करोड ९५ लाख, अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तरगत संघिय सरकारको वित्तिय सम्मानीकरण अनुदानबाट १० करोड ९५ लाख, प्रदेश तर्फको वित्तिय सम्मानीकरण अनुदान १ करोड ४४ लाख ४७हजार, संघिय सरकारको ससर्त अनुदान ३५ करोड ४४ लाख, संघिय सरकारको विशेष अनुदान ९० लाख, प्रदेश सरकारको ससर्त अनुदान ६० लाख, संघिय सरकारको समपुरक अनुदान १ करोड ८५ लाख, प्रदेश सरकारको समपुरक अनुदान ५० लाखगरि कुल ६७ करोड १९ लाख ६४ हजार आय प्रस्ताव गरिएको छ ।
भने खर्च तर्फ निसर्त चालु खर्चको रुपमा १३ करोड ४५ लाख ३८ हजार, ससर्त चालु खर्च तर्फ ३४ करोड ४५ लाखगरि कुल ४७ करोड ९० लाख ३८ हजार तथापुँजिगततर्फ ससर्त पुँजिगतखर्च १५ करोड ५ लाख २६ हजार तथा ससर्त पुँजिगतखर्च ४ करोड २४ लाखगरि जम्मा १९ करोड २९ लाख २६ हजार खर्च प्रस्ताव गरिएको छ ।
पूर्वाधार तथा भौतिक निर्माणमा जोड दिएको बजेटमा यातायात पूर्वाधारको क्षेत्रमा ५ करोड ९३ लाख ४८ हजार, भवन आवास तथा सहरीविकास क्षेत्रमा ७ करोड ४६ लाख र उर्जा क्षेत्रमा ५ लाख गरि पूर्वाधार विकास तर्फ १३ करोड ४४ लाख ४८ हजार रकम विनियोजन गरिएको छ । सो रकमबाट साविकका वडासम्म सडक सञ्जाल नपुगेको ठाउँमा सडक पुर्याउने, वडाको केन्द्र जोड्ने सडकको स्तर उन्नती गर्ने लगाएतका काम गर्ने उल्लेख गरिएको छ ।
आर्थिक विकास तर्फ २ करोड ९९ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । जसअन्तरगत कृषि क्षेत्रमा १ करोड ९७ लाख, उद्योग क्षेत्रमा १८ लाख, जलस्रोत तथा सिँचाइमा ३९ लाख, पशुपन्छी विकास क्षेत्रमा ४१ लाख ८८ हजार र सहकारी क्षेत्रमा ३ लाख रुपैयाँ विनियोजन भएको छ ।
त्यस्तै सामाजिक विकास तर्फ ३६ करोड ८२ लाख २२ हजार बजेट विनियोजन भएको छ । जस अन्तरगत शिक्षा क्षेत्रमा ३१ करोड ५ लाख, स्वास्थ्य क्षेत्रमा २ करोड ९० लाख, खानेपानी तथा सरसफाईमा ६७ लाख, भाषा तथा संस्कृति संरक्षणको क्षेत्रमा ३४ लाख ५० हजार, लैंगिक समानता तथा सामाजिक समावेशिकरणको क्षेत्रमा २२ लाख ४ हजार बजेटको छुट्याइएको छ ।