बडिगाड गाउँपालिकाले भ्रमण, इन्धन र भत्तामा सक्यो ६० लाख

बडिगाड गाउँपालिकाले भ्रमण, इन्धन र भत्तामा सक्यो ६० लाख

Badigad Online
2 Min Read

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिकाले भ्रमण भत्ता, इन्धन र विभिन्न भत्तामा गरी ६० लाख रुपैयाँ बढी रकम सक्याएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म स्थानीय भत्ता, महंगी भत्ता, फिल्ड भत्ता, पदाधिकारी भत्ता, अन्य भत्ता र भ्रमण खर्च, र इन्धनमा ६० लाख रुपैयाँ बढी रकम सक्याएको हो ।

पालिकाद्वारा सार्वजनिक आयव्यय विवरण अनुसार स्थानीय भत्ता, महँगी भत्ता, फिल्ड भत्ता, अन्य भत्ता, पदाधिकारी भत्ता गरी २३ लाख ३३ हजार ९ सय ९१ रुपैयाँ खर्च गरेको हो । यस्तै, पदाधिकारी इन्धनमा ७ लाख ६९ हजार ३ सय ३१ रुपैयाँ, कार्यालय प्रयोजन इन्धन खर्चमा १३ लाख १० हजार ५ सय १८ रुपैयाँ र इन्धन अन्य प्रयोजन भन्दै १ लाख चार हजार ९७ रुपैयाँ गरी २१ लाख ८३ हजार ९ सय ४६ रुपैयाँ खर्च गरेको हो ।

विवरण अनुसार पालिकाका पदाधिकारी र कर्मचारी भ्रमण र अन्य भ्रमण खर्च शीर्षकमा १५ लाख ११ हजार ५० रुपैयाँ खर्च गरेको छ । यता पालिकाले ४९ लाख २२ हजार ७ सय ५२ रुपैयाँको सवारी खरिद गरेको छ ।

यस्तै पालिकाले कार्यक्रम खर्च भन्दै १ करोड ५० लाख १३ हजार रुपैयाँ खर्च गरेको छ । विविध कार्यक्रम खर्चमा पालिकाले ३८ लाख ३१ हजार ६ सय ३८ रुपैयाँ खर्च गरेको छ ।

आय व्यय विवरण अनुसार पालिकाले मसालन्द खर्चमा १९ लाख ६८ हजार ५ सय २१ रुपैयाँ र अन्य कार्यालय सञ्चालन खर्चमा २१ लाख ८ हजार ३ सय १० रुपैयाँ खर्च गरेको छ । यस्तै पालिकाले करार कर्मचारी खर्चमा ३ करोड १२ लाख ६० हजार २ सय ६२ रुपैयाँ भुक्तान गरेको छ ।

अन्यमा कुन कुन शीर्षकमा कति गर्यो खर्च ?

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित