बडिगाड गाउँपालिकाले यातायात खर्च समेत व्यवस्थापन गरी विरामी महिलाको उद्धार गर्यो

बडिगाड गाउँपालिकाले यातायात खर्च समेत व्यवस्थापन गरी विरामी महिलाको उद्धार गर्यो

Badigad Online
1 Min Read

जिटिभि, गुल्मी । बागलुङको बडिगाड गाउँपालिकाले एक विरामी महिलाको उद्धार गरेको छ ।

अत्यधिक पेट दुख्ने र बान्ता हुने समस्या लिएर मंगलबार ग्वालिचौर स्वास्थ्य चौकीमा पुगेकी वडा न ५ ग्वालीचौरकी १९ वर्षिय सपना सावतको उद्धार गरी गलकोट अस्पतालमा पठाएको हो ।

गाउँपालिकाका स्वास्थ्य संयोजक विपेन्द्र केसीका अनुसार उनी अकस्मात अत्यधिक पेट दुख्नुको साथै बान्ता भएपछि उक्त स्वास्थ्य चौकीमा पुगेकी थिईन् । स्वास्थ्य चौकिमा डा .कुन्दन कुमार यादव सहित स्वास्थ्यकर्मीको समुहले चेक जाँच गर्दा एउटा मास फिल भएको तथा रुल आउट गर्न नसकिएको अवस्था रहेको केसीले बताए ।

स्वास्थ्य चौकीमा उपचार गर्दा पनि बिरामिको पेट दुखाई कम नभएपछि थप उपचारका लागि तत्काल उद्दार गरि उनलाई गलकोट नगर अस्पताल पठाईएको हो । गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी आफै ग्वालिचौर स्वास्थ्य चौकीमा पुगी विरामीलाई यातायात खर्च समेत व्यवस्थापन गरी उद्धार गरेकी हुन् ।

थापाले सावतको उपचारका लागि गल्कोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलसंग समन्वय गरि बिरामीलाई उपचारमा सहयोग गर्न आग्रह समेत गरेकी हुन् ।

हाल उनको गलकोट नगर अस्पतालमा उपचार चलिरहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित