सागर भण्डारी, गुल्मी । जगंलबाट ल्याएको च्याउँ खाँदा बागलुङको बडिगाड गाउँपालिकामा २ जना सिकिस्त बिरामी परेका छन् ।
वडा न ४ जलजलाको सिरखर्कमा विषालु च्याउ खाँदा एकै घरका दुई जना सिकिस्त बिरामी परेको बडिगाड गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
उनीहरु आमा छोरा हुन् । आईतबार बिहान तरकारीको रुपमा च्याउँ खाँदा ४० वर्षीय छोरा कणर् बहादुर सिंजाली र ७६ वर्षीय आमा तिला सिंजाली गम्भिर बिरामी परेका हुन् ।
बिषालु च्याउ खाएपछि उनीहरुमा टाउको दुख्ने, पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने र बेहोस हुने जस्ता समस्या देखिएको थियो । उपचारका लागि ग्वालिचौर स्वास्थ्य चौकीमा पुगेका उनीहरु मध्ये आमा तिला सिंजालीको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ भने उनको सोही स्वास्थ्य चौकिमै राखी उपचार भईरहेको छ ।
यता छोरा कणर् भने होसमा नआएकोले धौलागिरी अस्पताल बागलुङसगं समन्वय गरि आवश्यक उपचार भईरहेको छ । बर्षायामको सिजनमा जंगलबाट ल्याएको च्याउ जथाभावी नखान बडिगाड गाउँपालिकाकाले सबैसगं अनुरोध गरेको छ ।