बिरामी भएपछि अस्पताल पु¥याउन समस्या झेल्दै आएका बागलुङ बडिगाडबासीले अब त्यो समस्याबाट छुटकारा पाएका छन् ।वैदेशिक रोजगारीमा विदेश पुगेका नेपाली युुवा र स्थानीय स्तरमा भएका युवाहरुको सक्रियतामा गाउँमै एम्बुलेन्स लगिएपछि विरामीलाई अस्पताल पु¥याउन घण्टौं एम्बुलेन्स कुर्नुपर्ने बाध्यता हटेको छ ।
क्रियाशील प्रवासी युवा संघ नामक संस्थाको स्थापना गरी फेसबुकमार्फत अभियान सञ्चालन गरिएको तीन वर्षपछि गाउँमा एम्बुलेन्स भित्रिँदा स्थानीयमा खुसी छाएको छ । मानवीय हितका लागि सञ्चालन गरिएको अभियानको प्रंशसा गर्दै बडिगाड गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले समाजिक सेवाका काममा गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।प्रवासी युवा संघले थालेको अभियानमा संकलित रकम १० लाख र बडिगाड गाउँपालिकाबाट विनियोजित २ लाख गरी १२ लाखमा गाउँमा एम्बुलेन्स पुगेको हो ।